Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स्वास्थ्य अनुसन्धान परिषद्को ऐन, २०४७ को संशोधन प्रस्तावमाथि छलफल

स्वास्थ्य अनुसन्धान परिषद्को ऐन, २०४७ को संशोधन प्रस्तावमाथि छलफल

काठमाडौँ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को संशोधन प्रस्तावमाथि आज छलफल भएको छ ।

परिषद्को आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा विगत लामो समयदेखि संशोधन हुन नसकेको उक्त ऐनमाथि आज स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्यविद्, पत्रकार र सरोकारबालाबीच छलफल भएको हो ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्रमरण सिंहले लामो समयमदेखि संशोधन हुन नसकेको ऐनलाई समय सान्र्दभिक संशोधन गरेर लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले दुरगामी लक्ष्य राखेर ऐनलाई संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले समय अनुसार परिमार्जन गर्दै जानुपर्ने ऐन अहिले आएर संशोधन हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले ऐनलाई आगामी २० बर्ष संशोधन गर्न नपर्ने गरि संशोधन गर्नुपर्ने बताउनुभयो ।

परिषद्का पूर्व अध्यक्ष डा. महेश मास्केले जनताको स्वास्थ्यलाई प्रवद्र्धन गर्ने गरि ऐनलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्य मन्त्री मोहनवहादुर बस्नेतका सल्लाहाकार विश्वरुप खड्काले स्वास्थ्यका हरेक क्षेत्रलाई समेट्ने गरि ऐनलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

नेपाल मेडिकल एसोसिसनका महासचिव डा. संजीव ज्ञवालीले जनताको स्वास्थ्यमा के गर्दा फाइदा हुन्छ त्यसै अनुसार परिषद्को ऐन संशोधन गर्नूपर्ने बताउनुभयो ।

नेपाल नसिंङ संघकी पूर्व अध्यक्ष तारा पोखरेलले परिषद्ले नसिङलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिनुभयो ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आफ्नो चारबर्षे कार्यकालमा परिषद्को ऐन संशोधन कामको प्रक्रियामा लगेको बताउनुभयो ।

उहाँले ऐन संशोधनको प्रस्ताव सवैलाई समेट्ने गरि बनाइएको भन्दै परिषद्लाई पढ्ने, लेख्ने, अनुसन्धान गर्नेको थलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

भोलिदेखि चार बर्षे कार्यकाल सकिने लागेका परिषद् सदस्य सचिव डा. ज्ञवालीले आफ्नो कार्यकालमा परिषद्ले अध्ययन अनुसन्धानमा महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले कोभिड १९ का ३५ र अन्य रोगका ६० अध्ययन अनुसन्धान भएको जानकारी दिनुभयो ।

“म परिषद्मा आउने वित्तिकै कोभिड १९ महामारी शुरु भयो । तर पनि हामी महामारी वेलामा अध्ययन अनुसन्धानको कामलाई निरन्तरता दियौ”उहाँले भन्नुभयो, “कोभिड १९ हामीले अध्ययन अनुसन्धान गरेर परिषद्लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मौका पायौ ।”

कार्यक्रममा परिषद्का कर्मचारीसमेत सहभागि रहेको थियो ।

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको...

वि.सं.२०८२ असार २९ आइतवार १४:३९

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ...

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको...

वि.सं.२०८२ असार २९ आइतवार ०७:४३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको...