Ncell NPL
NIMB
NMB Bank

स्वास्थ्य अनुसन्धान परिषद्को ऐन, २०४७ को संशोधन प्रस्तावमाथि छलफल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

स्वास्थ्य अनुसन्धान परिषद्को ऐन, २०४७ को संशोधन प्रस्तावमाथि छलफल

काठमाडौँ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को संशोधन प्रस्तावमाथि आज छलफल भएको छ ।

परिषद्को आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा विगत लामो समयदेखि संशोधन हुन नसकेको उक्त ऐनमाथि आज स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्यविद्, पत्रकार र सरोकारबालाबीच छलफल भएको हो ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्रमरण सिंहले लामो समयमदेखि संशोधन हुन नसकेको ऐनलाई समय सान्र्दभिक संशोधन गरेर लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले दुरगामी लक्ष्य राखेर ऐनलाई संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले समय अनुसार परिमार्जन गर्दै जानुपर्ने ऐन अहिले आएर संशोधन हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले ऐनलाई आगामी २० बर्ष संशोधन गर्न नपर्ने गरि संशोधन गर्नुपर्ने बताउनुभयो ।

परिषद्का पूर्व अध्यक्ष डा. महेश मास्केले जनताको स्वास्थ्यलाई प्रवद्र्धन गर्ने गरि ऐनलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्य मन्त्री मोहनवहादुर बस्नेतका सल्लाहाकार विश्वरुप खड्काले स्वास्थ्यका हरेक क्षेत्रलाई समेट्ने गरि ऐनलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

नेपाल मेडिकल एसोसिसनका महासचिव डा. संजीव ज्ञवालीले जनताको स्वास्थ्यमा के गर्दा फाइदा हुन्छ त्यसै अनुसार परिषद्को ऐन संशोधन गर्नूपर्ने बताउनुभयो ।

नेपाल नसिंङ संघकी पूर्व अध्यक्ष तारा पोखरेलले परिषद्ले नसिङलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिनुभयो ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आफ्नो चारबर्षे कार्यकालमा परिषद्को ऐन संशोधन कामको प्रक्रियामा लगेको बताउनुभयो ।

उहाँले ऐन संशोधनको प्रस्ताव सवैलाई समेट्ने गरि बनाइएको भन्दै परिषद्लाई पढ्ने, लेख्ने, अनुसन्धान गर्नेको थलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

भोलिदेखि चार बर्षे कार्यकाल सकिने लागेका परिषद् सदस्य सचिव डा. ज्ञवालीले आफ्नो कार्यकालमा परिषद्ले अध्ययन अनुसन्धानमा महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले कोभिड १९ का ३५ र अन्य रोगका ६० अध्ययन अनुसन्धान भएको जानकारी दिनुभयो ।

“म परिषद्मा आउने वित्तिकै कोभिड १९ महामारी शुरु भयो । तर पनि हामी महामारी वेलामा अध्ययन अनुसन्धानको कामलाई निरन्तरता दियौ”उहाँले भन्नुभयो, “कोभिड १९ हामीले अध्ययन अनुसन्धान गरेर परिषद्लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मौका पायौ ।”

कार्यक्रममा परिषद्का कर्मचारीसमेत सहभागि रहेको थियो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...