Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यान सार्वजनिक हुँदै

 

काठमाडौं । नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै । ११ सिटर सो भ्यानलाई शशिला मोटर्सले बिक्री गर्न लागेको हो । शशिला मोटर्स र उलिङ मोटर्स होल्डिङ्ग लिमिटेडबीच भ्यान बिक्री गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्गका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् ।

भ्यानमा ४१.८७ किलोवाट आवरको ब्याट्री प्याक जडान भएर आउने उक्त भ्यानले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कम्पनीले यसमा ८ वर्ष अर्थात ४ लाख किलोमिटर वारेन्टि दिने बताएको छ ।

उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीले जनाएको छ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुने विश्वास कम्पनीको छ ।

नेपालको यातायात क्षेत्र विद्युतिकरणमा रुपान्तरण हुँदै गइरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुने कम्पनीको दाबी छ । यसका साथै कार्वन उत्सर्जनमा कमी गर्न यसले महत्वपूर्ण योगदान पु‍र्याउने जनाइएको छ ।

कम्पनीका अनुसार उलिङ मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुनेछन् ।

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर...

वि.सं.२०८१ मंसिर २९ शनिवार १०:४५

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक...

जीएसई ईभी नेपालमा सार्वजनिक

जीएसई ईभी नेपालमा सार्वजनिक

वि.सं.२०८१ मंसिर २९ शनिवार १०:३९

काठमाडौं । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ...

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक

वि.सं.२०८१ मंसिर १३ बिहीवार २०:१२

  काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा...

‘प्लेयर अफ दी सिरिज’ हुने नेपाली खेलाडीलाई शारडा समूहले ६२ लाख पर्ने ओमोडा-ई ५ कार दिने

‘प्लेयर अफ दी सिरिज’ हुने नेपाली खेलाडीलाई...

वि.सं.२०८१ मंसिर ११ मंगलवार २२:००

  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर...

नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने

नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली...

वि.सं.२०८१ मंसिर ११ मंगलवार १६:४३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५...

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

वि.सं.२०८१ मंसिर १० सोमवार १९:३२

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको...