Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

दायित्वहरु व्यवस्थापन गर्न ठूलो चुनौति छ : डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको दायित्वहरु बढ्दै गएकाले त्यसलाई व्यवस्थापन गर्न ठूलो चुनौति रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उनले आन्तरिक स्रोत र साधनले सबै दायित्वहरुलाई पूरा गर्न अलि कठिन भएको भन्दै साधन स्रोतलाई महत्वका साथ सुक्ष्म विश्लेषणका आधारमा प्राथमिकीकरण गर्न जरुरी भएको बताए ।

उनले भने, ‘हाम्रो आन्तरिक स्रोत र साधन, राजस्वबाट जे प्राप्त हुन्छ त्यसले सबै दायित्वहरुलाई पूरा गर्न अलि कठिन भएको छ । हामीले यस्तो अवस्थामा कुन आयोजनाले धेरै प्रतिफल दिन्छ, बढी जनसंख्यालाई सम्बोधन गर्छ, त्यस्तो आयोजनालाई प्राथमिकीकरण गर्न जरुरी हुन्छ । त्यसको सुरुवात हामीले गर्न थालेका छौ । धेरै दायित्वहरु बढेको हुनाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौती हाम्रा अगाडि छ । त्यसकारण साधन स्रोतलाई महत्वका साथ सुक्ष्म विश्लेषणका आधारमा प्राथमिकीकरण गर्न जरुरी छ ।’

उनले पुँजीगत खर्चलाई व्यवस्था र अनुशासनमा ल्याउने काम सुरुवात गरेको भन्दै ऋणको दायित्व बढ्ने अवस्थाका बारेपनि सरकार सजक रहेको बताए ।

उनले भने, ‘पुँजीगत खर्चलाई व्यवस्था र अनुशासनमा ल्याउने काम सुरुवात गरेका छौ । भविष्यको मतलब नगरि बहु वर्षिय ठेक्का दिने प्रचलनले समस्या आएको हुनाले यस्ता योजना चार गुनाभन्दा हुन नसक्ने र त्यो पनि अर्को वर्ष जति त्यसको भार हो त्यो अनिवार्य रुपमा सम्बन्धीत मन्त्रालयले राख्नै पर्नेगरि व्यवस्थित गर्न खोजेका छौ । त्यतातर्फ हामी उन्मुख छौ र यो ऋणको दायित्व बढ्ने अवस्था नआओस् भन्नेतर्फ सजक छौ ।’

सरकारले मात्रै गरेर सम्पूर्ण काम हुन्छ भन्ने मानसिकताको अन्त्य गर्न जरुरी भएको भन्दै यसमा नीजि क्षेत्रको सहयोग पनि आवश्य रहेको उनको भनाई छ ।

 

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...