Global IME Bank Limited
Everest Bank
Nmb bank

टोयोटा यारिसको नयाँ संस्करण क्रस हाइब्रिड अब नेपाली बजारमा

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

काठमाडौं। जापानी अटोमोबाइल निर्माता टोयोटाले निर्माण गरेको टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रतिनिधिले उक्त मिनी हाइब्रिड एसयुभी शुक्रबार राती बजारमा सार्वजनिक गरेका हुन् ।

यारिसको पुरानो मोडललाई अपडेट गरिएको यारिस क्रस हाइब्रिडमा धेरै सुविधा थपिएका छन्। आधुनिक सेफ्टी फिचर र पावरफुल हाइब्रिड इन्जिन विकल्प उपलब्ध हुनेछ।

यस्तै,अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट उपलब्ध छ। पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट दिएको बिक्रेताले जनाएको छ।

यारिस क्रस एसयुभी पहिलेभन्दा बढी पावरफुल बनाइएको तथा कारमा नयाँ क्यामेरा र राम्रो राडार स्क्यानिङ रहेको छ । यो कारमा प्रि(कोलिजन सिस्टम, अपडेटेड एडाष्टिभ कुज कन्ट्रोल, एक्सेलेरेसन सप्रेसन, सेफ एक्जिट असिस्ट र रियर सिट रिमाइन्डर सिस्टम एडीएएस जस्ता उत्कृष्ट सुरक्षा सुविधाहरू रहेका छन् ।

२०२४ टोयोटा यारिस क्रस हाइब्रिड १३० मा १.५ लिटर एनए पेट्रोल इन्जिन र थप पावरफुल एलेक्ट्रिक मोटरको प्रयोग गरिएकाले १३० हर्स पावर र १८५ एनएमएको पीक टर्क जेनेरेट दगर्न सक्ने बताइएको छ ।

जसमा यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ। यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ।

यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको छ भने ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको छ । यसको ब्याट्री  प्रकार लिथियम(आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड जस्ता विशेषता पाउन सकिनेछ ।

यस्तै, सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी(लक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ।

यसको आधिकारीक मूल्य नेपाली बजारमा मूल्य १ करोड २२ लाख रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि...

वि.सं.२०८० फागुन २१ सोमवार १३:३०

काठमाडौं । सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर...

एलआईसी नेपालले चाबहिल शाखाबाट २२ लाख रुपैयाँ दाबी भुक्तानी

एलआईसी नेपालले चाबहिल शाखाबाट २२ लाख रुपैयाँ...

वि.सं.२०८० फागुन २१ सोमवार ०७:२९

  काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड अर्थात् एलआईसीको...

माछापुच्छ्रे बैंकको  डिजिटल कारोबार मोबाइल एपबाटै रिर्पोट गर्न सकिने

माछापुच्छ्रे बैंकको  डिजिटल कारोबार मोबाइल एपबाटै रिर्पोट...

वि.सं.२०८० फागुन २१ सोमवार ०७:२३

  काठमाडौं । माछापुच्छ्रे बैंक डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याई...

नेशनल लाइफ हेटौंडा शाखाद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेशनल लाइफ हेटौंडा शाखाद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम...

वि.सं.२०८० फागुन २१ सोमवार ०७:१८

  काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्तासँग अन्तरक्रिया...

आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न

आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न

वि.सं.२०८० फागुन २१ सोमवार ०७:१५

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक...

नेप्से ११.७८ अंकले घट्यो, कारोबार २ अर्ब ८ करोडमा सीमित

नेप्से ११.७८ अंकले घट्यो, कारोबार २ अर्ब...

वि.सं.२०८० फागुन २० आइतवार १६:३७

  काठमाडौं । सेयर बजार कारोबार ओह्रालो लागेको छ ।...