साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने

Friday Feb 09, 2024
वि.सं.२०८० माघ २६ शुक्रवार ०१:३०

काठमाडौं नेपाल, फेब्रुअरी ८, २०२४ – साइमेक्स इंक प्रालि, बीवाईडी अटो इन्डष्ट्री कम्पनी लि. को नेपालका लागि आधिकारिक वितरक, ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने घोषणा गर्न पाउँदा उत्साहित छौं । चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्वपूर्ण खेल कार्यक्रम आगामी फेब्रुअरी १० का दिन दशरथ रंगशालामा आयोजना हुनेछ ।
स्प्रिङ फेस्टिभल अर्थात वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्व राख्छ, जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्रा दर्शाउछ । संयुक्त राष्ट्र संघले समेत हालै चाइनिज लुनार न्यु इयरलाई होलिडेको रुपमा मान्यता दिएकोले यसको विश्वव्यापी पहुँच र महत्वलाई जोड दिएको प्रमाणित हुन्छ । करिव २०० देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले आनन्द र नवीकरणको भावनामा विविध संस्कृतिलाई जोड्ने काम गर्दछ ।
बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ, जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउने छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने छ ।
यस प्रकारको प्रतिष्ठित इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने छ । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ । ‘बीवाईडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने छ ।
यस प्रकारको महत्वपूर्ण इभेन्टलाई सफल बनाउन समर्पित चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद लगायतका आयोजकप्रति हामी कृतज्ञता व्यक्त गर्दछौ । त्यसैगरी यसको सफलताको लागि महत्वपूर्ण भूमिका खेल्नु हुने सह–आयोजकहरु ल्भउब िइखभचकभबक ऋजष्लभकभ ब्ककयअष्बतष्यल, अखिल नेपाल फुटबल संघ (एन्फा) र ऋजष्लभकभ भ्लतभचउचष्कभक ब्ककयअष्बतष्यल ष्ल ल्भउब ि९ऋभ्ब्ल्० प्रति कृतज्ञता व्यक्त गर्दछौ ।
बीवाईडी चाइनिज न्यु इयर कपमा सहभागी हुन हामी सबै फुटबल प्रेमी र अन्यलाई आमन्त्रण गर्दछौ । आउनुहोस्, हामी स्प्रिङ फेस्टिभलको परम्परा र फुटबलको विश्वव्यापी आनन्द तथा नेपाल र चीनबिचको मित्रताको चिरस्थायी बन्धनलाई अंगाल्न एकजुट होऔं ।