Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सिटिजन्स बैंकद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

Machhapuchchhre Bank Limited

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।

आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो । अभावमा रहेका बालबालिकालाई घर, उत्कृष्ट शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका आश्रित रहेका छन् ।

चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । बैंकको यस कार्यबाट आमा घरका बालबालिका लाभान्वित भएका छन् ।

आमा घरमा आज आयोजित एक समारोहका बीच सहयोग स्वरुप न्यानो कपडा हस्तान्तरण गरिएको हो । समारोहमा आफू उपस्थित हुन नपाएता पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले आफ्नो संस्थाले सहयोग स्वरूप न्यानो कपडा बालबालिकाहरुलाई दिन पाउँदा समाज प्रतिको उत्तरदायित्व बोध गरेको सन्देश व्यक्त गरे ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५६

    काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दसैँ अभियान २०२४’...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको रजत जयन्ती समारोह सम्पन्न

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५३

  काठमाडौं, ११ चैत । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टरले २५औँ...

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५१

  काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को...

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:४६

  काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल...