Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

ग्लोबल आइएमईको आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत ब्याजमा घर कर्जा

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरुले सहज रुपमा कर्जा सार्नसमेत सक्नेछन् ।

बैंकका अनुसार यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ । ग्राहकहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो योजना सिमित अवधिका लागि रहनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

 

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...