IME Life
NIMB

बाराही हस्पिटालिटीका होटल तथा रेष्टुरेन्टहरूमा भ्यालेन्टाइन डेको अवसरमा विशेष अफर

NIMB
Himalayan Bank

 

बाराही हस्पिटालिटीद्वारा सञ्चालित विभिन्न होटल तथा रेष्टुरेन्टमा भ्यालेनटाइन डे( प्रणय दिवस) को अवसर पारेर विभिन्न छुट तथा अफरहरू घोषणा भएको छ ।

काठमाडौंको होटल बाराही काठमाडौंले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई ६ थरी खानाका साथै वेभरेज समेत दिनेछ । १२ हजार तिरेर हरेक जोडीले यसको मज्जा लिन सक्नेछन् । साथै स्ट्याण्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोज सहितको मज्जा जोडीले ७ हजार रुपैयाँमै लिन पाउनेछन् । साथै होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने बताइएको छ ।

 

बाराही जंगल लजमा फेब्रुअरी १४ मा ७ हजार रुपैयाँमा जोडीलाई बफेटको मज्जा लिन सकिनेछ । यस्तै बेभरेजमा १५ प्रतिशत छुट रहेको लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडी सहित सौराहा जाने पाहुनालाई लजले ‘टेस्ट अफ लभ’ कार्यक्रम अन्तर्गत रोमान्टिक क्याण्डललाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्स लगायतको व्यवस्था गरेको छ ।

 

हस्पिटालिटी अन्तर्गतको पोखरामा रहेको होटल बाराही पोखराले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रति जोडी ७ हजार रुपैयाँमै व्यवस्था गर्नेछ । जसमा ६ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ ।

यस्तै सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन ‘रोमान्टिक डिनर’ मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो ।

पोखराकै होटल आवास पोखराले भ्यालेन्टाइन स्पेशल अफर सार्वजनिक गरेको छ । जसमा डिलक्स रुम, रिमभित्रै ब्रेकफास्ट, क्यान्डल लाइट डिनर लगायतका आकर्षक विशेषता समावेश छन् । प्रति जोडीका लागि ८ हजार रुपैयाँ शुल्क कायम गरिएको यो प्याकेज भ्यालेन्टाइन सप्ताहभरका लागि मान्य गरिएको होटलले जनाएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...