Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला सुरु, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

Machhapuchchhre Bank Limited

काठमाडौं । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ । एक कार्यक्रमबीच आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मेलाको उद्घाटन गरेका छन् । मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले नेपाल जुत्ता चप्पलमा अत्मनिर्भर बन्दै गएको बताएका छन् ।

यस्तो मेलाले नेपाली उत्पादन जुत्ताचप्पल व्यवसायको विकास र विस्तारमा ठूलो भूमिका खेल्ने बताउँदै सचिव निरौलाले नेपाली जुत्ताचप्पलको उत्पादनको खपत बढाउँन नीति नै परिमार्जन गरेर सबै सरकारी निकायमा नेपाली उत्पादन प्रयोग गर्र्नु पर्ने सर्कुलर जारी भएको जानकारी दिए ।

त्यसै गरी मेलाको आयोजक मध्यपुर जुत्ता उद्योगका प्रोपाइटर लक्षमण मग्रातीले उत्पादक र उपभोक्ताको दुरी मेटाउन मेला आयोजना गरेको बताएका छन् । ‘हामिले सस्तो मूल्यमा जुत्ताचप्पाल राखेका छौँ । १५ देखि ७५ प्रतिशत सम्म छुटको व्यवस्था गरिरहेका छौँ ।’ मग्रातीले भने–‘यहाँ आएर जुत्ता चप्पल खरिद गरि लाभ लिन सक्नु हुनेछ । यो मेला १ महिना लागदै छ ।’ मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा भएको हो ।

मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । मेलामा स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए । उनका अनुसार, मेलामा विभिन्न  ब्राण्ड का झण्डै एक हजार  भन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहनेछन् ।

एकै ठाउँमा विभिन्न मोडलका जुत्ता–चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने जानकारी पनि सुवेदीले दिए । मेलामा १५ देखि ७५ प्रतिशत छुटको व्यवस्था छ । पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुनेछ ।

नेपालका चर्चित ब्राण्डका जुत्ता–चप्पल उत्पादन गर्दै आइरहेका स्टेप अन फुटवेयर प्रा.लि., कम्फर्ट लेदर सुज, मध्यपुर जुत्ता उद्योग, माता पाथीभरा देवी इन्टरप्राइजेज, न्यु फेमस सुज सेन्टर प्रा.लि, राज प्लाष्टिक उद्योग,  ओसियन सुज, माता पाथीभरा देवी ग्रुप अफ इन्ड्रष्टिज प्रा.लि, ऋयm लेडिज र सिटिजन्स सुज लगायत कम्पनीहरूको मेलामा सहभागिता रहेको छ ।

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५...

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४३

  काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी...

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:११

  काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो...

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९ बैंकको एनपिएल ५ प्रतिशत माथि

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९...

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:०२

  काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या जटिल बन्दै...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:५२

  काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन...

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:४५

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख...

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको सद्भावनादूत

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:३९

    काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल...