Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी रहेको एफएओ एसिया प्रसान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा पुर्याएको योगदानको विषयले स्थान पाएको छ ।

प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
विशेषगरी नेपालको तर्फवाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवर्धनका सम्भावना तथा अवसरका बारेमा राष्ट्रिय सोच प्रस्तुत गरिएको थियो ।

नेपालले ‘एक मूलुक एक विशेष बाली वस्तु’तर्फ छनौट गरेको अलैंचीको अर्थतन्त्रमा योगदानका विषयमा छलफल भएको थियो । नेपाली अलैंचीको निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा त्यसको महत्व, उत्पादनको अवस्था, प्रसोधन प्रणाली तथा आन्तरीक तथा वाह्य बजारमा बालीको पहुँचको सम्बन्धमा नेपालको तर्फबाट मन्तव्य प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुषालको नेतृत्वमा तीन सदस्यिय प्रतिनिधिको टोली कोलम्बोमा पुगेका थिए । उनीहरुले नेपालको तर्फबाट मन्त्रिस्तरीय छलफलको विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् ।

फागुन महिनाको ७ देखि १० गतेसम्म संचालन भएको ३७औं एसिया प्रसान्त क्षेत्रको सम्मेलनमा खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषि खाद्य प्रणालीको अनुकुलित रुपान्तरण, कृषिमा लगानी प्रवर्धन तथा कृषिको आधुनिकरण एवं खाद्य वस्तुको उचित प्रयोग, पानीको उचित उपयोग तथा खानेपानी र खाद्य पदार्थ तथा उपलब्ध पानीको क्षतिको न्यूनिकरण जस्ता विषयहरुमा वृहत छलफल गरिएको थियो ।

साथै कार्यक्रममा आयोजित मन्त्रिस्तरीय विशेष बैंठकमा कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग साथै साना राष्ट्रहरुको कृषि तथा पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल गरिएको थियो ।

आयोजक राष्ट्र श्रीलंकाकातर्फबाट उपस्थित सहभागीहरुलाई स्थलगत भ्रमण कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रममा नेपालका बिशिष्ट पदाधिकारीहरुलाई श्रीलंकामा संचालित विविध नवीनतम कार्यक्रमहरुको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरिएको थियो ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...