nic bank
himalayan everesat
Nmb bank

आर्थिक, सामाजिक रुपान्तरणमा बैंकिङ क्षेत्रको योगदान सुनिल केसी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

अध्यक्ष, नेपाल बैंकर्स संघ
उद्योगलाई चलायमान गराउने हिसाबले तत्काल सरकार लाग्नुपर्ने देखिन्छ । निर्माण उद्योग चलायमान भएमा घरजग्गालगायत अरु क्षेत्र आफैं चलायमान भएर अर्थतन्त्र आफ्नो गतिमा जान सक्ने देखिन्छ ।
………………………………
नेपाल बैंकलाई छोडेर हेर्दा निजी क्षेत्रका बैंकहरूले औपचारिक रुपमा कारोबार गरेको करिब चार दशक हुन लागेको छ । त्योभन्दा अगाडि सरकारी बैंकहरूमार्फत कारोबार हुन्थ्यो । यो अवधिमा नेपालको बैंकिङ क्षेत्रले धेरै खालका अप्ठ्यारा, आरोह–अवरोह पार गर्दै आजको यो अवस्थामा आइपुगेको हो । अहिले नेपाली अर्थतन्त्रको लागि मुख्य योगदान दिने स्थापित उद्योगको रुपमा बैंकिङ उद्योग छ । ऐतिहासिक रुपमा हेर्दा सन् २०४६ मा आर्थिक उदारीकरण सुरु भएपछि मात्र निजी क्षेत्रको बैंकिङ फस्टाएको हो । अहिले नेपालको आर्थिक, सामाजिक रुपान्तरणमा बैंकिङ क्षेत्रले ठूलो योगदान छ । ५० हजारभन्दा बढी कर्मचारी यस क्षेत्रमा कार्यरत छन् । देशभर ५ हजारभन्दा बढी शाखा छन् । नेपालका ७५२ स्थानीय तहका दूरदराज, हिमाल÷पहाडको माथिल्लो क्षेत्रमा पनि शाखा खोलेर एटिएमसहित बैंकहरूले सेवा दिइरहेका छन् । आज ५ करोड २५ लाखभन्दा बढी बैंक खाता खुलेका छन् । सबै तहका बैंकहरूबाट ६० खर्ब रुपैयाँभन्दा बढीको निक्षेप परिचालन भएको छ । त्यस्तै ५० खर्ब रुपैयाँको कर्जा प्रवाह हुन्छ । करिब १८ लाख ६० हजार ग्राहकलाई प्रत्यक्षरुपमा ५० हजारदेखि ५ अर्ब रुपैयाँसम्मका कर्जा बैंकहरूले दिएका छन् । लघुवित्तदेखि सिमेन्ट उद्योग, जलविद्युत्सम्मलाई ऋण प्रवाह गरेको अवस्था छ । नेपालको आर्थिक वृद्धि र गरिब मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने यात्रामा बैंक, वित्तीय क्षेत्रले धेरै ठूलो योगदान गरेका छन् । आर्थिक कारोबारसँगै सामाजिक विकासमा पनि बैंकहरूले ठूलो भूमिका खेलेका छन् ।
अहिलेको आर्थिक सुस्ततामा बैंकिङ क्षेत्रको योगदान
बैंकिङ भनेकै निजी क्षेत्र, सरकार र अरु सरोकारवालाहरू सम्मिलित भएको आर्थिक चक्रको एउटा रुप हो । त्यसमा बैंक धेरै पक्षहरूमध्येको एउटा हो । जब आर्थिक क्रियाकलापमा सुस्तता र अप्ठ्यारो आउँछ त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पर्ने निश्चित छ । प्रभाव कम पर्न दिने वा जोखिम व्यवस्थापन गराउने एउटा छुट्टै पाटो रहला तर सुस्तताको असर बैंकमा पनि उत्तिकै पर्दछ । तीन वर्षयता यो शताब्दीकै सबैभन्दा ठूलो महामारी कोभिडले सबैलाई थिलथिलो बनायो । महामारीले संसारभरको अर्थतन्त्रमा धेरै ठूलो उपलपुथल ल्याइदियो । संसारभर एक किसिमको आर्थिक अनिश्चितता निम्त्यायो । कसैले नसोचेको धक्का लाग्यो । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । त्यसबाट बाहिर आउँदा विस्तारै तंिग्रने अवस्था देखिएको थियो । फेरि अन्तर्राष्ट्रियरुपमा दुई स्थानमा ठूला युद्धको अवस्था देखिँदा त्यसको असर पनि अर्थतन्त्रमा पर्न गयो । युद्धका कारण एक हिसाबले विश्वको खाद्य आपूर्ति शृङ्खला नै खल्बलिन पुगेको छ । अर्कातिर पेट्रोलियम मूल्यवृद्धिका कारण विश्वकै अर्थतन्त्रको चक्रमा नकारात्मक प्रभाव प¥यो । यो असर क्रमशः नेपाली अर्थतन्त्रसँगै नेपालको बैंकिङ क्षेत्रमा परिरहेको छ । विगतदेखिकै एकपछि अर्काे घटनाका कारण त्यसको असर नेपालका बैंकहरूको नाफामा परेको देखिन्छ । लगातार दोस्रो चौमासिक अवधिमा सबैजसो बैंकको नाफा गतवर्षभन्दा घटेको छ । योसँगै शेयरहोल्डरको नाफामा कमी आउने निश्चित छ ।
लगानीयोग्य रकम बैंकभित्रै
अहिले ५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम बैंकहरूमा जम्मा भएको छ । ब्याजदर विस्तारै घटिरहेको छ र अझै घट्ने अवस्था देखिन्छ । तर ऋणको माग सिर्जना हुन नसक्दा बैंकमा रकम जम्मा हुने अवस्था देखिएको हो । चालू आवको सात महिनामा आइपुग्दा ३ खर्ब निक्षेप संकलन हुँदा १ खर्ब ८० अर्बमात्रै ऋण प्रवाह भएको छ । यो गत सालभन्दा बढी भए पनि ब्याजदर कम भएपछि जुन हिसाबले निजी क्षेत्रले रकम लैजानुपर्ने थियो त्यो हुन सकेन । अहिले कर्जामा लाग्ने ब्याजदर कोभिडको समयभन्दा अगाडिको स्तरमा झरिसक्दा पनि लगिरहेका छैनन् । गतवर्ष १३.३ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले ११ प्रतिशत हाराहारीमा छ । घट्नेक्रम अझै जारी छ । आधार दर एकल अंकमा आइसकेको छ । निक्षेपको ब्याजदर हरेक महिना घट्दै गइरहेको छ । तत्काल बढिहाल्ने अवस्था पनि छैन । यी सबै विषयले माग बढ्ने अनुमान गरिए पनि माग सिर्जना हुन नसक्नु भनेको आर्थिक क्षेत्र चलायमान हुन नसक्नु हो । अर्काे निजी क्षेत्रमा नयाँ लगानी गर्नेभन्दा पनि कम जोखिम उठाएर सुरक्षित लगानी गर्नेतर्फ ध्यान गएको देखिन्छ । यता पछिल्लो समय आयात पनि घटेको छ । कुनै समय प्रतिमहिना १ खर्ब ८५ अर्बभन्दा बढी आयात हुने गरेकोमा अहिले औसत १ खर्ब २३ अर्ब हाराहारी रहेको तथ्याङ्कले देखाउँछ । त्यसैले बैंकहरूमार्फत आयातका लागि गरिने वित्तीय व्यवस्थापनमा कमी आएको प्रष्टै देखिन्छ । सबैतिर माग कम भएपछि भएका उद्योग, कलकारखाना पनि कम क्षमतामा चलिरहेका छन् । उत्पादन कम भइरहेको छ । निर्माण क्षेत्र माथि आउन सकेको छैन । वास्तवमा निर्माण उद्योग नेपालको अर्थतन्त्र चलायमान गराउने प्रमुख क्षेत्र हो । यो क्षेत्रले तल्लो तहसम्म रोजगारी दिने काम गर्दछ । अर्काेतिर ठूला पूर्वाधार एवं परियोजनाको निर्माण सुचारु हुँदा सिमेन्ट, इट्टा, डण्डी, बालुवा, पेन्टस्, हार्डवेयरलगायत क्षेत्रमा पनि माग सिर्जना हुन थाल्दछ । ती सबै क्षेत्रमा रोजगारी सिर्जना भएर अन्तत्वगत्वा उपभोग सिर्जना हुनसक्दछ । सबै कारोबारसहित ऋणको माग बढी भएर जान सक्नुपर्ने हो तर त्यो चक्रमा कमी आउँदा असर सबैतिर परेको छ ।
अलि अगाडि कोभिड सकिएर सबैक्षेत्र बाहिर आउँदा माग बढ्न खोजेको थियो । पछि विदेशी मुद्रा सञ्चितीमा चाप परेपछि सरकारले नियन्त्रणयोग्य कदम चाल्दा पुनः अर्थतन्त्रमा नयाँ समस्या देखियो । अर्काे बाह्य कारण महँगी बढ्यो । पछिल्लो समय मानिसहरूको उपभोगको चक्र नै परिवर्तन भएर गएको छ । मानिसको बानी परिवर्तन भएर वस्तु तथा सेवाको उपभोग नै कम भएको देखिन्छ । त्यस्तै रोजगारी कम हुन थालेपछि मानिसहरू विदेशिन पुगेका छन् । युवाशक्ति बाहिर गइसकेपछि बजारमा माग घट्न पुग्यो । यसरी सबैतिर खपत कम हुँदा त्यसले सिर्जना गर्ने व्यावसायिक अवसर, बैंकलाई चाहिने ऋणको माग हुन सकेन । बाहिर युद्धकै अवस्था जारी रहेकाले उद्यमी, व्यवसायी नयाँ लगानीका लागि पर्ख र हेरको अवस्थामा देखिन्छन् । यसर्थ नयाँ लगानी पनि भएन । विदेशी लगानी आउने कार्य पनि हुन सकेन । यी सबै कारण समग्र आर्थिक गतिविधि कम हुँदा बैंकमा पैसा भएर पनि बजारमा जान सकिरहेको छैन ।
नियामकको भूमिकाले सहज
समग्र अवस्थालाई हेरेर बैंक, वित्तीय संस्थालाई धेरै जोखिमबाट बचाएर अगाडि लैजाने भूमिका नियामकको हुने गर्दछ । अप्ठ्यारो खालको स्थितिबाट बाहिर आउन कहिलेकाहीँ कडा नीतिनियम पनि हुनुपर्ने अवस्था रहन्छ ।

 

त्यसलाई पनि सँगै लिएर जानुपर्ने स्थिति हुनेछ । यसरी हेर्दा नियामक निकायले दिशानिर्देश नै गर्ने हो । अहिलेको स्थितिमा उद्योग, निजी क्षेत्र, व्यावसायिक क्षेत्रसहित समग्र क्षेत्रमा नयाँ चुनौतीको अवस्था रहेको छ ।

 

नियामक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा हुँदा अप्ठ्यारो परेका व्यवसायी एवं निजी क्षेत्रलाई निकास दिने लचकता लिएकाले वातावरण सहज बनेको देखिन्छ ।

पछिल्लो समय नियामक उदार भएर अगाडि बढ्न खोजेको जस्तो पनि पाइएको छ । त्यसलाई सकारात्मकरुपमा लिनुपर्दछ ।

तर अब आगामी दिनमा आउन सक्ने नयाँ चुनौतीलाई व्यवस्थापन गर्ने विषयमा नियामक, बैंकिङ क्षेत्र, निजी क्षेत्र एकै ठाउँमा बसेर समस्याको समाधान खोज्नुपर्ने आवश्यकता छ ।

समग्र अर्थतन्त्रबारे समीक्षा

आजभन्दा १ वर्षअगाडि नेपालको अर्थतन्त्र खतरापूर्ण अवस्थामा छ भन्ने स्थितिबाट आजसम्म आइपुग्दा विशेषत बाह्य क्षेत्रका सूचकांक बलियो देखिन्छ ।

अहिलेसम्म रेकर्डकै हिसाबले १३ अर्ब डलरभन्दा बढीको विदेशी मुद्रा सञ्चिती रहेको छ । रेमिट्यान्स आप्रवाहमा पनि मासिकरुपमा रेकर्ड कायम भइरहेको छ ।

चालू खाता बचतमा छ । सोधनान्तर स्थिति बचतमा छ । व्यापार घाटा घट्दै गएको छ । दक्षिण एसियाका अरु देशसँग तुलना गरेर हेर्दा यहाँ धेरै सुधार भएको पाइन्छ ।

अवस्था सन्तोषजनक रहेको देखिन्छ । यति भन्दाभन्दै पनि अनुमान गरेअनुरुप राजश्व उठ्ने अवस्था चुनौतीपूर्ण देखिन्छ । पूँजीगत खर्चहरू हुन सकिरहेको छैन । अर्थतन्त्र चलायमान हुन नसकेको प्रष्टै देखिन्छ ।

विश्वव्यापीरुपमा हुनसक्ने चुनौती अझै बाँकी छन् । यद्यपि तरलतालगायत विविध हिसाबले स्थिरताको अवस्था देखिसकेको छ ।

अब भने सरकारी क्षेत्रबाट अर्थतन्त्रलाई गति दिन, मानिसका मनोबल बढाउन, उपभोग बढाउन पहल हुनुपर्दछ । विशेषत अहिले निर्माण क्षेत्र माथि आउन नसकिरहेको अवस्था छ ।

नयाँ परियोजना अगाडि बढाउनेसहित कार्यक्रम लिएर रोजगारी सिर्जना र अरु उद्योगलाई चलायमान गराउने हिसाबले तत्काल सरकार लाग्नुपर्ने देखिन्छ ।

निर्माण उद्योग चलायमान भएमा घरजग्गालगायत अरु क्षेत्र आफैं चलायमान भएर अर्थतन्त्र आफ्नो गतिमा जान सक्ने देखिन्छ ।

उत्पादनमा आधारित राजश्व प्रणालीमा जोड
यहाँ १०÷१२ वर्षको अवधिलाई हेर्ने हो भने आयातमा आधारित राजश्व नेपाल सरकारको राजश्वको मुख्य स्रोत रहेको पाइन्छ ।

आयातलाई निरुत्साहित गर्नेबित्तिकै राजश्वमा कमी आएर सरकारलाई नियमित खर्च धान्नसमेत गाह्रो पर्ने स्थिति देखिँदै आएको छ ।

बजेट बनाउँदा पनि आयातमा केन्द्रित हुने गरेको पाइन्छ । उत्पादनमा आधारित अर्थतन्त्र र उत्पादनमूलक उद्योगहरूलाई बजेटमार्फत पनि ध्यान दिन नसकेको तीतो यथार्थ हामीमाझ छ ।

उत्पादनशील क्षेत्रलाई आवश्यक पर्ने विषय उपलब्ध हुन सकिरहेको छैन । त्यसैकारण बेला बेला तरलताको धक्का, विदेशी मुद्रा सञ्चिती कम हुने, सोधनान्तर स्थितिमा समस्या देखिने गरेको छ ।

नेपालको जीडीपीमा हुनुपर्ने योगदान हुन सकेको छैन । रेमिट्यान्सदेखि अधिकांश रकम आयातमा खर्च हुँदा विदेशको अर्थतन्त्रलाई योगदान गर्ने बाध्यात्मक अवस्था रहेको छ ।

अर्थतन्त्रलाई दिगो हिसाबले चलाउन उत्पादनशील क्षेत्रमा आर्थिक क्रियाकलाप विस्तार गर्दै राजश्व संकलन गर्ने नीतिमा जोड दिनैपर्दछ । काम गर्न सकिने क्षेत्रलाई केन्द्रविन्दुमा राखेर आगामी दिनमा अगाडि जानुपर्ने देखिन्छ ।

 

अहिलेको अवस्थामा नेपाललाई सबैभन्दा फाइदा दिने र नेपालले पनि काम गर्नसक्ने क्षेत्र जलविद्युत् हो । त्यसको दुईवटा महत्वपूर्ण फाइदा छ ।

एउटा नेपालभित्रै विद्युत्को राम्रो वितरण भएर खपत बढाएर धेरै किसिमका आर्थिक गतिविधि अगाडि बढाउन सकिन्छ ।

 

विद्युत् आपूर्ति चुस्त हुने हो भने नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढेर जानेछ । पछिल्लो समय विश्वव्यापीरुपमा ग्रीन इनर्जी वा नवीकरणीय ऊर्जाको माग बढिरहेको छ ।

 

जलविद्युत्मा नेपालको अवसर छ । संसारकै उत्कृष्ट पाँचमा पर्ने अर्थतन्त्र भएको भारतसँग नेपाल जोडिएको छ । भारतसहित बंगलादेशमा नवीकरणीय ऊर्जाको ठूलो माग रहेको छ ।

 

उनीहरूको माग पूर्ति गर्न जलविद्युत् निर्यात गरेर नेपालले व्यापार घाटा कम गर्न सक्दछ । त्यसले विदेशी मुद्रा व्यवस्थापनमा पनि सहयोग गर्नेछ ।

 

त्योबाहेक ग्रीन हाइड्रोजन, एमोनियाजस्ता विषयमा जान सकिनेछ । त्यसले नेपालको औद्योगिक क्रान्तिमा ठूलो सहयोग गर्ने क्षमता राख्दछ ।

 

अर्काेतिर पछिल्लो समय विश्वव्यापीरुपमा भइरहेको जलवायु परिवर्तनको जोखिम व्यवस्थापन र जिरो एमिसनमा जाने विषयलाई यसले सहयोग गर्दछ ।

 

त्यस पाटोमा रहेर हेर्दा नेपालले बाहिरी मुलुकबाट धेरै सस्तोमा कोषहरू ल्याएर अर्थतन्त्रको विकासमा योगदान गर्ने हिसाबले जानसक्ने अवस्था पनि देखिन्छ ।

 

आईटी सेवाहरू सम्भावनाको अर्काे क्षेत्र हो । अहिले ६७ अर्बभन्दा बढीको कारोबार यो क्षेत्रबाट भइरहेको छ । हामी प्रतिस्पर्धी बन्न सक्ने यस्ता क्षेत्रमा लाग्नुपर्दछ ।

 

तत्कालै आयात प्रतिस्थापन गर्न सकिने कृषिको व्यवसायीकरणमा जान सकिनेछ । यी सम्भावित क्षेत्रमा हामी सबैसहित बैंकिङ उद्योग पनि सक्रियरुपमा लाग्नुपर्दछ ।

अबको दिनमा दीर्घकालीन बैंकिङ, उत्तरदायी कर्जा कारोबारसहित भोलिको दिनको बजार सिर्जना र आर्थिक क्रियाकलापमा सहयोग गर्ने क्षेत्रमा लगानी गरेर अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

नेपाल बैंकर्स संघको स्थापना र भइरहेका कार्यहरू
नेपाल बैंकर्स संघ मुख्यरुपमा नेपालको बैंकिङ उद्योगलाई अध्ययन र अनुसन्धानमूलक बनाएर विश्वव्यापीरुपमा भएका राम्रा अभ्यासहरूलाई भित्र्याउने, बजारमा देखिएका चुनौतीलाई हल गर्ने, निजी क्षेत्रका संघ÷संस्था एवं नियामकसँग मिलेर देखिएका समस्या निराकरणमा लाग्ने, भोलिका दिनमा बैंकिङ उद्योग र नेपालको अर्थतन्त्र बढाउन योगदान गर्ने हिसाबले आवश्यक काम कारबाहीसहित अगाडि बढिरहेको छ ।

अर्काे नेपालको बैंकिङको दायरा अन्तर्राष्ट्रियरुपमा बढाएर त्यहाँबाट राम्रा कुरा ल्याउन सञ्जाल विस्तारमा संघ अगाडि बढेको छ ।

त्यसका लागि संघको पहलमा ४ महिनाअगाडि मात्रै एसियन बैंकर्स एसोसिएसनको क्षेत्रीय सम्मेलन नेपालमै गरिएको थियो ।

त्यतिबेला करिब ८० जनाभन्दा बढी विभिन्न देशका बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षहरू नेपालमा भेला भएका थिए ।

 

सम्मेलनमा एसियालीस्तरमै बैंकिङ क्षेत्रबाट गर्न सकिने कामबारे छलफल भएको थियो । त्यस सम्मेलनले नेपाल र यहाँका बैंकहरूलाई नजिकबाट चिनाउने काम गरेको थियो । यसैगरी संघले विभिन्न क्षमता विकासका काम गरिरहेको छ ।

नेपालका बैंकहरूले स्थानीय तहमा मात्रै निक्षेप र कर्जाका क्षेत्रमा काम गरिरहेको पहिलेको अवस्थालाई परिवर्तन गर्दै लगिएको छ ।

 

पछिल्लो समय संघको पहलमा बाहिरी बजारमा गएर त्यहाँका बैंकहरूसँग सम्पर्क गरी नेपालमा लगानी गर्न ऋण, विभिन्न किसिमका अन्य उपकरण भित्र्याउने काम पनि संघले गरिरहेको छ ।

नेपालले बाहिर बजारमा पुगेर कोषहरू भित्र्याउने हो भने आईएफसीको मापदण्डअनुसार हामी तयार भएको हुनुपर्नेछ ।

त्यसैले भर्खरै बार्सिलोना विश्वविद्यालय र इन्भेष्ट फर इम्प्याक्ट इन नेपाल संस्थासँग सहकार्य गरेर संघको नेतृत्वका चालीस जनालाई तालिम दिने कार्य भइरहेको छ ।

 

त्यसबाट उत्तीर्ण जनशक्ति नेपालको अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रका सबै कार्यमा सक्षम हुनेछन् । यस्ता जनशक्ति र क्षमता विकास गर्ने काममा संघ लागिरहेको छ ।

बाहिर भएका राम्रा अभ्यासलाई बैंकहरूमा भित्र्याउने, बेलाबेलामा नियामकीय निकाय नेपाल राष्ट्र बैंकलाई देशैभर देखिएका समस्याबारे अवगत गराउँदै आवश्यक सुझाव दिने काम पनि संघमार्फत भइरहेको छ ।

 

अहिले सातवटै प्रदेशमा संघको उपस्थिति रहेको छ । त्यो बाहेक नेपालमा भएका वल्र्ड बैंक, आईएमएफ, आईएफसी, युएसएडलगायत अरु विदेशी संघ÷संस्थासँग नजिकमा रहेर संघले काम गरिरहेको छ ।

 

ती विदेशी संस्थाहरूलाई चाहिने सहयोग पु¥याउने र उनीहरूबाट नेपालको बैंकिङलाई हुनसक्ने सहयोग भित्र्याउने काम संघले गरिरहेको छ ।

 

मुख्यरुपमा बैंकिङ उद्योगमा रहेका सबैलाई एकैठाउँमा ल्याएर भविष्यमा यो क्षेत्रलाई बलियो बनाउने काममा संघले अनवरतरुपमा काम गरिरहेछ ।

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन : अर्थमन्त्री पुन

जलविद्युत सम्बन्धि नीति परिवर्तन भएको छैन :...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:०९

  अर्थमन्त्री वर्षमान पुनले १५ वर्षदेखिकै जलविद्युत सम्बन्धि नीति अहिले...

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री तामाङ

स्रोतहरु सिमित छन,आवश्यकताहरु असिमित छन् : मन्त्री...

वि.सं.२०८१ वैशाख १० सोमवार १७:४५

  संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा...

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल

नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र...

वि.सं.२०८१ वैशाख १० सोमवार १०:५२

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:०५

रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले...

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...