nic bank
himalayan everesat
Nmb bank

एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं।  एनसेलले आफूसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गरेको घोषणा गरेको छ।

आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा बिक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागू गरेको छ।

यो कार्यक्रम देशभर रहेका ५० हजार हजार बढि खुद्रा बिक्रेताहरूलाई लक्षित रहेको छ।

 

कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन्। यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू सहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्छन्।

खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन्। एप मार्फत सिम र प्याकहरू बेच्ने खुद्रा बिक्रेताहरूले थप प्रोत्साहन पाउनका लागि हकदार हुन्छन्।

कार्यक्रम अन्तर्गत, राम्रो कार्य गर्ने १,००० भन्दा बढी उत्कृष्ट खुद्रा बिक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली सहभागी खुद्रा बिक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछ।

खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै, यो कार्यक्रम एनसेलले सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार आफ्ना फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित छ।

कार्यक्रममा ५०० भन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् र प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरुलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१४

काठमाडौँ । महालक्ष्मी विकास बैंकले बैशाख १२ गते बुधबार महोत्तरीको...

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी ग्रुपको प्रष्टीकरण

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी...

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड...

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:२९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर...

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:२७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२०...

सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:१४

    सुजल डेरीको 'सफल ह्याप्पी काउ मिल्क' अब काठमाडौँस्थित...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५७

  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक...