Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

टेस्ला मोडल थ्री नेपाली बजारमा

Machhapuchchhre Bank Limited

 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ । अरेट इन्टरनेशनलले बिहीबार एक कार्यक्रम गर्दै टेस्ला मोडल थ्रीको गाडी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रीक कार बर्गमा सर्वोत्कृष्ट स्थान रहेको छ । टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्स भर्सन हो ।

फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ ।

कम्पनीका अनुसार यो गाडीले ५५० किलोमिटर रेन्ज दिने छ । ५८ किलोवाट हावरको ब्याट्री दिएको यो गाडीमा १८४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । ५.८ सेकेन्डमै १०० किलोमिटरको रफ्तार भेटाउछ । रियर ह्वील ड्राइभमा आधारित यो गाडीले ३४० एनएम टर्क जेनेरेट गर्छ ।

‘टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको फेसलिफ्ट मोडलले कम बजेटमा लग्जरी कार चढ्न चाहने ग्राहकको चाहना पुरा गर्नेमा हामी विश्वस्त छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा बताइएको छ ।

पहिलो पटक कूलिंग सहितको भेन्तिलेतेद सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो । एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको दृष्टिकोणमा अन्तर्राष्ट्रिय (एनएचटीसीए) बाट ५ स्टार को रेलिंग प्राप्त गरेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ । ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्दछौं । यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन । यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेकोछ ।

गियर शिफ्टिंग, इण्डिकेटर प्रयोग लगायतका फंक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इण्टेरिएर अझ फराकिलो र सुन्दर बनेको छ । पछाडि बस्ने प्यासेन्जरको लागि समेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ । सबै लाइट एलइडी रहेको कारमा १९ ईन्चको आकर्षक अलोय ह्वील दिइएको छ ।

बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स...

वि.सं.२०८१ फागुन ३ शनिवार १३:२७

  फेब्रुअरी १०, २०२५ – विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी...

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

वि.सं.२०८१ माघ २८ सोमवार २३:०८

पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ ।...

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना : ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना :...

वि.सं.२०८१ माघ २८ सोमवार २१:१९

  काठमाडौं, नेपाल - स्कोडा नेपालले आफ्ना ग्राहकहरूलाई प्रिमियम र...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेड आर १२५ एफआई हाइब्रिडबाट सम्मानित

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट...

वि.सं.२०८१ माघ २६ शनिवार ०५:३६

  काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागितामा आयोजित महिला...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...