Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार बन्दै

काठमाडौं । माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्री मण्डल गठन गर्ने सहमति गरेको छ ।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजनमा आज बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनका प्रमुख तीन दलका नेताको उपस्थितिमा यस्तो सहमति बनेको माओवादी केन्द्रका महेश्वर दाहालले जानकारी दिए ।

नयाँ मन्त्री मण्डलमा माओवादीको वर्षमान पुनलाई अर्थ मन्त्रालय जिम्मा दिने सहमति भएको छ । पुन पहिला पनि अर्थ मन्त्री भैसकेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले गृह मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ भने जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्रको जिम्मेवारी दिईने भएको छ ।

यसअघि पनि गृह पाएका लामिछाने चर्को विवादमा परेपछि मन्त्रीबाट हटेका थिए ।
त्यसैगरी, एमालेका प्रमुख सचेतक पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिईन भएको सूत्रले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र नेता पुन माओवादीबाट बैठकमा सहभागी थिए भने एमालेका अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेल थिए । त्यसैगरी रास्वपाका लामिछाने र जसपाका यादव पनि बैठकमा थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले केहीबेर अघिसम्मको गठबन्धनको सहयात्री दल नेपाली कांग्रेसलाई सरकारबाट हट्न नभन्ने तर उसको धारणा बुझेपछि मात्र थप निर्णय गर्ने भनेर अरु दलका नेतालाई भनेका थिए ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...