Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सेयर बजार घट्यो, १ सय ३३ कम्पनीको सेयरमूल्यमा गिरावट

kumari  bank

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक संसद्मा विश्वासको मत लिइरहँदा बुधबार सेयर बजार कारोबारमा गिरावट आएको छ । १३ मध्ये आठ उपसमूहका कम्पनीहरुको सेयरमूल्य सूचक घटेका छन् ।

बैंकिङ, होटल र पर्यटन, जलविद्युत, लगानी, उत्पादन र प्रशोधन, निर्जीवन बीमा, व्यापार उपसमूह घट्दा समग्र कारोबार घटेको हो ।
नेप्से २.४८ अंकले गिरावट आएर परिसूचक २१०८.७२ अंकमा रह्यो ।

बुधबार १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा कारोबार भएको छ । यो अघिल्लो दिनमा तुलनामा करिब ३१ करोडले कम हो । मंगलबार १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ भएको थियो ।

१३३ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा लगानीकर्ताले गुमाएका छन् । सेयरमूल्य घटेका कम्पनीमा माथिल्लो तामाकोसी, दोर्दीखोला जलविद्युत, सिद्धार्थ इक्विटी फण्ड, बलेफी हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड–२ लगायत शीर्ष ५ मा छन् ।

९६ कम्पनीको सेयरमूल्य भने बढेको छ । बढ्नेमा विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य उपसमूह छन् ।

सर्वाधिक कारोबार हुनेमा आज पनि शिवम् सिमेन्ट अगाडि रह्यो । उक्त कम्पनीको सेयर २५ करोड ५३ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै सोनापुर मिनरल्सको २० करोड ६९ लाख, हिमालयन रिइन्स्योरेन्स २० करोड ६३ लाख र माथिल्लो तामाकोसीको १५ करोड ५४ लाखको सेयर किनबेच भएको छ । १४ कम्पनीको सेयरमूल्यमा कुनै घटबढ भएन ।

 

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:२१

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख...

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:२२

  काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष...

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम दरवारमा विशेष छुट

आई.एम.ई. लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई प्रेम...

वि.सं.२०८२ जेठ ७ बुधवार ००:१५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...