Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

निःशुल्क फिल्म हेर्ने ? ४ दर्जन बढी फिल्महरु प्रदर्शन हुँदैछन् यो चलचित्र महोत्सवमा (तालिकासहित)

Machhapuchchhre Bank Limited

 

काठमाडौं। पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ

 

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका छन् । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् ।

 

तीन दिने चलचित्र महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास पनि राखिएको छ । चलचित्र विकास बोर्डमा मार्च ३० अर्थात् चैत्र १७ गते सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिनेछिन् भने मार्च ३१ मा भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास दिने भएका छन् ।

 

महोत्सवको आयोजक रहेको नेपाल संस्कृति तथा चलचित्र केन्द्रले महोत्सवको तालिकासमेत सार्वजनिक गरेको छ । महोत्सवमा नेपाली चलचित्र चिसो मान्छे, महापुरुष, छक्का पञ्जा ४ लगायत अन्य विभिन्न विधाका चलचित्रहरुका साथै विदेशी ३ दर्जनजति चलचित्रहरु समावेश भएका छन् । कुनै पनि चलचित्रहरु हेर्न पैसा नलाग्ने र कार्यक्रममा प्रवेश निःशुल्क रहेको जनाइएको छ । अन्य चलचित्र महोत्सवले प्रवेश शुल्क लिने गरेको तर यो महोत्सवमा कसैलाई पनि प्रवेश र चलचित्र हेर्न कुनै पैसा नलाग्ने भएको कारण सर्वसाधारण, विद्यार्थी, चलचित्रकर्मी लगायत सबैलाई समान रुपमा समेट्न सकिने आयोजक टीमले बताएको छ ।

 

मानव अधिकार, सामाजिक न्याय र दिगो विकासका विषयलाई केन्द्रमा राखेर चलचित्र महोत्सवको आयोजना गर्न लागिएको नेपाल संस्कृति तथा चलचित्र केन्द्र (एनसीएफसी) ले जनाएको छ । चलचित्र महोत्सवको अन्तीम दिन सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत समेत गरिनेछ ।

यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट वातावरणीय चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको महोत्सव निर्देशक सन्तोष सुवेदी बताउँछन् ।

 

नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ ।

 

अझ महोत्सवको पछिल्लो संस्करणमा अन्य विधाहरु पनि थप्दै जाने सुवेदी बताउँछन् । चलचित्र महोत्सव गर्नु आफैमा पनि च्यालेन्जीङ कार्य हो र यसमा सरकारी तथा सम्बन्धित निकायहरु आफै अग्रसर भएर कार्य गर्नुपर्नेमा मौन बस्नु र सहयोग नगर्नु दुःखद कुरा भएको उनको भनाई छ ।

 

मुटुको शल्यक्रिया भएको केहि महिनापछि पनि सक्रिय भएर महोत्सवको आयोजना गरेर देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन पाउँदा आफैलाई गौरव लाग्ने गरेको सुवेदीले बताए । उनले तीनदिने चलचित्र महोत्सवमा चलचित्रकर्मी, कलाकार, रंगकर्मी, विद्यार्थी, पत्रकार, राजनितिज्ञ लगायत सबैलाई उपस्थित हुनको लागि अनुरोधसमेत गरेका छन् ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...