च्यासलमा एमाले सचिवालय बैठक जारी
Sunday Mar 24, 2024
वि.सं.२०८० चैत ११ आइतवार १३:५७
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो ।
बैठकमा वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने कार्यसूची रहेको बताइएको छ ।
आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनको तयारीका बारेमा पनि आजको बैठक छलफल हुने नेताहरुले जनाएका छन् ।