ग्लोेबल मनि विक २०२४ को अवसरम एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम पाल्पामा सम्पन्न
Sunday Mar 24, 2024
वि.सं.२०८० चैत ११ आइतवार २३:५०
काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा लुम्विनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम मिति २०८० साल चैत्र ९ गते सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल गरिएको थियो ।
अधिकाशं मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरका बसोबास गर्ने युवाहरुलाई लक्षित गरी Global Money Week-2024 को अवसरमा “Protect Your Money, Secure Your Future” भन्ने नारा सहित सहज र कमाएको पैसा कसरी बचत गर्ने र बचत गरेको रकमबाट कसरी सरल रुपमा मुद्रा बजार उपकरणहरु तथा पूँजी बजारमा सुरक्षित रुपमा कसरी कारोवार गर्न सकिन्छ भन्ने सम्बन्धमा धितोपत्र बोर्डको प्रतिनिधी, एन आई सी एशिया क्यापिटलको उच्च व्यवस्थापन तहका कर्मचारी र सहभागिहरु बीच छलफल तथा अन्तरकृया गरिएको थियो ।
साथै उक्त कार्यक्रममा १८० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य लगानीकर्ताहरुको समेत सहभागिता रहेको थियो ।