Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका

Machhapuchchhre Bank Limited

 

काठमाडौं। झापाको कन्काई नगरपालिकाले नगरवासीका लागि डिजिटल ठेगाना प्रणाली सुरु गरेको छ। पालिकास्तरमा नै पहिलो पटक कन्काईले डिजिटल प्रणालीमा आधारित ठेगना प्लेट जडान कार्य सुरु गरेको हो।

नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले ‘कता हो’ नामक डिजिटल एप प्रणालीको शुभारम्भ गरेका हुन्। शुभारम्भ कार्यक्रममा बोल्दै मेयरले नेपालमै पालिकास्थरमा पहिलोपटक डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न पाउँदा खुसी भएको बताए।

 

‘स्वदेशी प्रविधिलाई पालिकाहरुले आफ्ना स्तरबाट प्रवर्धन गर्नुपर्छ’ उनले भने। कुनैपनि सेवाग्राहीले नगरपालिकाबाट लिने सिफारिसलगायत घरबहाल कर, व्यवसाय दर्ता, नविकरण, कर, सम्पत्ती कर, सूची दर्तालगायतका सेवा अनलाइनमार्फत लिन सक्नेछन्। कार्यक्रममा कता हो प्रणालीका प्रविधिअनुसन्धानकर्ता रामप्रसाद रिमालले ५ वर्ष लामो अनुसन्धानपछि यो प्रणालीको विकास भएको बताउँदै जसले पनि मिनेटभरमा नै डिजिटल ठेगना प्लेट सञ्चालन गर्न सक्ने बताए।

 

रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले कता हो नामक डिजिटल एपमार्फत डिजिटल ठेगाना प्रणाली प्रयोग गरेको जनाएको छ। यस एपमा घरधनीको नाम, २ शब्द र अंकको कता हो कोड, स्थानीय नाम तथा स्थानीय तहको नाम र वडा रहन्छ।

त्यस्तै, नेपाल सरकारले जारी गरेको हुलाक वेस्तु वितरणको लागि गुगल प्लसको प्लेटमा रहेको जनाइएको छ। त्यसको अलावा क्युआर कोर्डमार्फत घरधनीको मोवाइलमा घन्टी बजाउने सुविधा रहेको जनाइएको छ।

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...