ग्लोबल मनि विक २०२४ का अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम
Monday Mar 25, 2024
वि.सं.२०८० चैत १२ सोमवार ००:१०
काठमाडौं । कामना सेवा विकास बैंकको गण्डकी प्रदेश द्वारा Global Money Week 2024 को उपलक्ष्यमा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधिहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम ९ गते पोखरामा सम्पन्न गरेको छ । उतm कार्यक्रममा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधि गरी ५५ जनाको उपस्थिति रहेको थियो । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २४ सम्म मनाउने गरिन्छ ।
सो कार्यक्रम नेपाल राष्ट्र बैंक, पोखरा शाखाका उप–निर्देशक श्री सुदिप त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उहाँले Global Money Week 2024 को उद्देश्य र वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
उतm कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी कार्यलयका डि.एस.पी. श्रवन बि.क ले साइबर सुरक्षा, अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो । वित्तीय साक्षरता कार्यक्रम कामना सेवा विकास बैंक, गण्डकी प्रदेशका प्रदेश प्रमुख श्री विष्णु प्रसाद गौतमको सभापतित्वमा भएको थियो ।
सो क्रममा प्रदेश प्रमुख श्री विष्णु प्रसाद गौतमले बचतको महत्व र कर्जाको सदुपयोग बारेमा प्रकाश पार्नुभएको थियो । उतm कार्यक्रमको प्रस्तुतिकरण न्यूरोड शाखा प्रमुख श्री शुशिल भट्टराईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सृजना चोक शाखा प्रमुख श्री कृष्ण हरी सिग्देलले गर्नुभएको थियो ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।