सिटिजन्स बैंक र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल, गुँडगााँव बिच छुट

Monday Mar 25, 2024
वि.सं.२०८० चैत १२ सोमवार ००:१५

काठमाडौँ । विगत १७ वर्ष देखी आफ्ना ग्राहक वर्गहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगााँवस्थित मेदान्त– द मेडिसिटि अस्पताल बिच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारी भएको छ ।
गुँडगााँव , हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् । यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् ।
आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूले पाउनेछन् ।
बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रूपमा उपलब्ध गराउँदै आइरहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख ३६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।