nic bank
himalayan everesat
Nmb bank

सूर्य नेपाल गल्फमा भुवन र राहुल शीर्ष स्थानमा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा छन् । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल पुरा गरेका छन् ।

भुवन र राहुलले १८ होलको समाप्तिमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे । रमेश, रवि, निरज र विजयले आज २–अन्डर ७० को स्कोर दर्ज गरे ।
एमेच्योर सदभाव आचार्य १–अन्डर ७१ सहित सातौं स्थानमा छन् । युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन–पार ७२ सहित संयुक्तरुपमा आठौं स्थानमा रहे ।

गोकर्ण गल्फ क्लबमा आज भुवनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । पहिलो होलमा एक सट खेर फाले । यसपछि दोस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तिमा २–अन्डरको स्थितिमा थिए । तर, नवौं होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे । यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शनसहित चार बर्डी प्रहार गरे । १३औं होलमा एक सट खेर फाले भने १०औं, ११औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।
एमेच्योर गल्फर राहुलले प्रोफेसनललाई कडा चुनौती दिने क्रममा फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे । उनले बोगीरहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौं होलमा एक–एक सट बचाए । ब्याक नाइन इभन–पार ३६ मा पुरा गरे । १२औं होलमा बोगी खेप्दा १५औं होलमा एक सट बचाए ।

संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले सुरूवात राम्रो गर्न सकेनन् । फ्रन्ट नाइन २–ओभर ३८ मा सकाए । पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे । तर ५–पारको सातौं होलमा डबल बोगीको सामना गरे । तर ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे । १५औं होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १६औं र १७औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४–अन्डर ३२ मा सकाए ।

टुरको पाँचौ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १–अन्डर ३५ मा सकाए । उनले छैटौं, सातौं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औं होलमा एक–एक सट खेर फाले ।

यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौं होलको बर्डीविरूद्ध सातौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । यसपछि १५औं होलमा एक सट खेर फाल्दा १३औंं र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।

एमेच्योर गल्फर विजयले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सके । उनले पहिलो, तेस्रो, पाँचौं र छैटौं होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौं होलमा एक सट खेर फाले । यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने १६औं र १७औं होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १–ओभर ३७ मा पुरा गरे ।

प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल सुरू हुनुभन्दा अगाडि नाम फिर्ता लिए । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागिता छ ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ९६ हजार र ७२ हजार हात पार्नेछन् ।

३६ होलको समाप्तिमा कट लागु हुनेछ, जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनका लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:०५

रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले...

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...

एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक शुरू, ओलीले गरे उदघाटन

एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक शुरू, ओलीले...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१२

नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक शुरू भएको छ...

नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:०६

  नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु...

प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ : मन्त्री चौधरी

प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:५७

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा...

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:४९

  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै...