CG Electronics
Ncell NPL
NIMB

‘जलवायु परिवर्तनको चुनौती नेपाल एक्लैले सामना गर्न सक्दैन’

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । जलवायु परिवर्तनका चुनौती सामना गर्न कार्बन उत्र्सजन धेरै गर्ने मुलुकहरु गम्भीर हुनुपर्ने विषय फेरि उठेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालको संरक्षणका ५० वर्ष’ विषयक कार्यक्रममा यो मुद्दा उठाइएको हो ।

कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संरक्षणको क्षेत्रमा नेपाल सरकारले उदाहरणीय काम गरिहेको बताए । ‘वन तथा वातावरण मन्त्रालयले उदाहरणीय काम गरेको छ । प्राकृतिक पर्यावरणको संरक्षणका लागि धेरै काम भइरहेको छ । नेपाल सरकार प्रकृति बचाउने योजनामा संवेदनशील भएरै नीति बनाएको छ,’ उनले भने ।

हालै दुबईमा सम्पन्न कोप–२८ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उठाएका मुद्दाप्रति ध्यानाकर्षण गराउँदै उनले जलवायु परिवर्तनको असर सामना गर्न नेपालले सरोकारवाला सबै मुलुकसँग हातेमालो गर्न चाहेको प्रष्ट्याए । ‘प्राकृतिक स्रोतको संरक्षण गर्दैै दिगो विकासमा अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ । जलवायुजन्य परिवर्तन सबैको सरोकारको विषय हो । कोप–२८ मा नेपालले त्यसबारे आफ्नो भनाइ राखिसकेको छ,’ उनले भने, ‘त्यसैले नेपालले जलवायु नीति बनाएको छ ।
राष्ट्रिय अनुकुलनको कार्यक्रम छ ।’

हरित अर्थतन्त्र, वन विकास, कृषिका लागि वनजन्य कार्यक्रम, काठको प्रयोग, त्यससँग सम्बद्ध उद्योग, पर्यापर्यटन, औषधिजन्य बालीविरुवा, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी हाम्रा प्राथमितामा रहेको उनले बताए ।

नेपालले ऊर्जा उत्पादनको कार्ययोजना तयार गर्नु पनि त्यसको एउटा पाटो भएको उनले बताए । ‘सन् २०३५ सम्म नेपालले २८ हजार ७ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य निर्धारण गरेका छौं,’ उनले भने ।

जलवायु परिवर्तनले चुनौती बढाएको छ । सँगसँगै सामुदायिक वन संरक्षणमा नेपालले धेरै काम गरेको उनले बताए । बाघ र गैंडाको संख्यामा वृद्धि नेपालले वन्यजन्तु संरक्षणमा गरेको प्रतिबद्धताको उदाहरण भएको जिकिर उनले गरे ।

कार्यक्रममा नेपाल सरकारका सचिव बैकुण्ठ अर्यालले राष्ट्रिय प्रकृति संरक्षण कोषले एउटा विशेष अनुभवी संस्थाका रुपमा वातारणीय क्षेत्रमा काम गरेको बताए । ‘हामीले सफलताका कथा हेरेर मात्रै सधैं सहज हुँदैन, जलवायु परिवर्तनका चुनौती बढ्दो छ,’ उनले भने, ‘सेता देखिनुपर्ने हिमालका टाकुरा काला हुँदैछन्, वन्यजन्तु संकटमा छन् । असर नेपालमा मात्रै परेको नभइ धेरै मुलुकमा परेको छ । संरक्षणका योजनाको सफल कार्यान्वयनमा धेरै गम्भीर भएर काम गर्नुपर्ने बेला छ ।’

जलवायु परिवर्तनको असर नेपालको एक्लो समस्या नभएकाले संरक्षणका योजना कार्यान्वयन गर्न व्यवस्थापन र आर्थिक दृष्टिले सम्बद्ध सबैको हातेमालो जरुरी रहेको उनले बताए ।

कार्यक्रममा कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले कोषले गरिरहेका काम र नेपालमा भएका संरक्षणका कामसँगै सम्बद्ध क्षेत्रका चुनौतीका बारेमा प्रस्तुति राखेका थिए ।

CG Electronics
काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस र एमाले पछि

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण...

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा सानो वृद्धि

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा सानो...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२१

  काठमाडौँ । शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।...

सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता, कांग्रेसका गगनको ३७९ मत

सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता,...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:५६

सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा...

झापा–५ मा बालेनको फराकिलो अग्रता, ओलीभन्दा ६ हजार बढी मतले अगाडि

झापा–५ मा बालेनको फराकिलो अग्रता, ओलीभन्दा ६...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:४२

  काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी...