Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘जलवायु परिवर्तनको चुनौती नेपाल एक्लैले सामना गर्न सक्दैन’

Machhapuchchhre Bank Limited

 

काठमाडौं । जलवायु परिवर्तनका चुनौती सामना गर्न कार्बन उत्र्सजन धेरै गर्ने मुलुकहरु गम्भीर हुनुपर्ने विषय फेरि उठेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालको संरक्षणका ५० वर्ष’ विषयक कार्यक्रममा यो मुद्दा उठाइएको हो ।

कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संरक्षणको क्षेत्रमा नेपाल सरकारले उदाहरणीय काम गरिहेको बताए । ‘वन तथा वातावरण मन्त्रालयले उदाहरणीय काम गरेको छ । प्राकृतिक पर्यावरणको संरक्षणका लागि धेरै काम भइरहेको छ । नेपाल सरकार प्रकृति बचाउने योजनामा संवेदनशील भएरै नीति बनाएको छ,’ उनले भने ।

हालै दुबईमा सम्पन्न कोप–२८ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उठाएका मुद्दाप्रति ध्यानाकर्षण गराउँदै उनले जलवायु परिवर्तनको असर सामना गर्न नेपालले सरोकारवाला सबै मुलुकसँग हातेमालो गर्न चाहेको प्रष्ट्याए । ‘प्राकृतिक स्रोतको संरक्षण गर्दैै दिगो विकासमा अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ । जलवायुजन्य परिवर्तन सबैको सरोकारको विषय हो । कोप–२८ मा नेपालले त्यसबारे आफ्नो भनाइ राखिसकेको छ,’ उनले भने, ‘त्यसैले नेपालले जलवायु नीति बनाएको छ ।
राष्ट्रिय अनुकुलनको कार्यक्रम छ ।’

हरित अर्थतन्त्र, वन विकास, कृषिका लागि वनजन्य कार्यक्रम, काठको प्रयोग, त्यससँग सम्बद्ध उद्योग, पर्यापर्यटन, औषधिजन्य बालीविरुवा, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी हाम्रा प्राथमितामा रहेको उनले बताए ।

नेपालले ऊर्जा उत्पादनको कार्ययोजना तयार गर्नु पनि त्यसको एउटा पाटो भएको उनले बताए । ‘सन् २०३५ सम्म नेपालले २८ हजार ७ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य निर्धारण गरेका छौं,’ उनले भने ।

जलवायु परिवर्तनले चुनौती बढाएको छ । सँगसँगै सामुदायिक वन संरक्षणमा नेपालले धेरै काम गरेको उनले बताए । बाघ र गैंडाको संख्यामा वृद्धि नेपालले वन्यजन्तु संरक्षणमा गरेको प्रतिबद्धताको उदाहरण भएको जिकिर उनले गरे ।

कार्यक्रममा नेपाल सरकारका सचिव बैकुण्ठ अर्यालले राष्ट्रिय प्रकृति संरक्षण कोषले एउटा विशेष अनुभवी संस्थाका रुपमा वातारणीय क्षेत्रमा काम गरेको बताए । ‘हामीले सफलताका कथा हेरेर मात्रै सधैं सहज हुँदैन, जलवायु परिवर्तनका चुनौती बढ्दो छ,’ उनले भने, ‘सेता देखिनुपर्ने हिमालका टाकुरा काला हुँदैछन्, वन्यजन्तु संकटमा छन् । असर नेपालमा मात्रै परेको नभइ धेरै मुलुकमा परेको छ । संरक्षणका योजनाको सफल कार्यान्वयनमा धेरै गम्भीर भएर काम गर्नुपर्ने बेला छ ।’

जलवायु परिवर्तनको असर नेपालको एक्लो समस्या नभएकाले संरक्षणका योजना कार्यान्वयन गर्न व्यवस्थापन र आर्थिक दृष्टिले सम्बद्ध सबैको हातेमालो जरुरी रहेको उनले बताए ।

कार्यक्रममा कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले कोषले गरिरहेका काम र नेपालमा भएका संरक्षणका कामसँगै सम्बद्ध क्षेत्रका चुनौतीका बारेमा प्रस्तुति राखेका थिए ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...