Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनि विक २०२४ को अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

Machhapuchchhre Bank Limited

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उदेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु प्रसारण गरेको छ ।

बैंकले देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा विद्यार्र्थीहरु, स्थानीय युवाहरुका साथै रोजगार व्यक्तिहरु, किसान, लघु, साना तथा मझौला उद्यमीहरु, दैनिक ज्यालादारीहरु, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, महिलाहरु तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमहरुबाट करिब हजार मानिसहरुलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

त्यस्तै बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा विभिन स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो । त्यस्तै बैंकले विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु जस्तैः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाईफाई प्रयोग गर्दा हुनसक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जाल मार्फत प्रसारण गरी ग्लोबल मनि विक २०२४ को सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने कुरा जनाएको छ ।

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२७

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...