nic bank
himalayan everesat
Nmb bank

विश्व वित्तीय सप्ताहको–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ (GLOBAL MONEY WEEK- 2024) को अवसरमा प्रभु क्यापिटल लिमिटेड(PRVUCL)ले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा मनाउने गरिन्छ ।

 

प्रभु क्यापिटलले चैत ८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग (CDM) त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमा Visit Merchant Bank अन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा जानकारि दिएको थियो भने चैत ९ गते पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई शेयरमा कसरि लगानि गर्ने, वित्तिय बजार, र धितोपत्र बजार सम्बन्धी जानकारी गराएको थियो । ग्लोबल मनी वीक – २०२४ अन्तर्गत कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन् ।

 

केन्द्रीय व्यवस्थापन विभाग (CDM) त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाइ कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैली लाई विस्तारित रुपमा व्याख्या गर्दै पुँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए । यसैगरी, पब्लिक यूथ क्याम्पसमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई कसरी सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरि पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यस विश्व वित्तीय सप्ताहको अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:१४

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

सिटिजन्स बैंक १८ औं वर्षमा प्रवेश, स्मार्ट बचत खातामा अकर्षक सुबिधा थपदेखी ६ प्रिभिलेज काउन्टरको सुरुवात

सिटिजन्स बैंक १८ औं वर्षमा प्रवेश, स्मार्ट...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०४:५७

  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...