Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कांग्रेसलाई ओलीको कटाक्ष : नयाँ जमातको थोत्रो पार्टी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुगेको कांग्रेसलाई नयाँ जमातले बनेको थोत्रो पार्टी भन्दै व्यंग्य गरेका छन् ।
एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अन्धकारको प्रतिनिधित्व गर्ने पार्टी भन्दै कटाक्ष गरे ।

‘नेपाली कांग्रेसमा धेरै पहिला समाजवाद भन्ने शब्द थियो, त्यो अहिले कतै उक्किएको छ, कतै भत्किएको, यस्तो हालतको छ । समाजवाद कस्तो हो भनेर सोध्यो भने बीपीको टाउकोमा लगेर राख्छन् । अहिले नयाँ जमातले बनेको थोत्रो पार्टी एक मात्र नेपाली कांग्रेस हो,’ उनले भने, ‘थोत्रो पनि अलि अलि काम लाग्छ, काम पनि नलाग्ने बन्छ त्यसलाई पत्रु भन्छ । नेपाली कांग्रेसले संगठन गर्दैन । अन्धकारको प्रतिनिधित्व गर्छ । त्यसकारण उसले धेरै मिहिनेत गर्नु पर्दैन । हामी परिवर्तनकारी शक्ति भएको हुनाले हामीले मिहिनेत गर्नुपर्छ ।’

उनले कुनै राजनीतिक पार्टीसँग पनि केही नीति नभएको भन्दै सबैले एमालेको नीति लिएर अलिकति बिगारेर बनाएर प्रस्तुत गर्ने गरेको दाबी गरे । नयाँ भनिएका दलहरुसँग पनि नयाँ विचार नभएको भन्दै उनले व्यंग्य गरे ।

उनले भने, ‘कुनै पार्टीसँग पनि अहिले नीति छैन्, उनीहरुलाई एमालेको नीति भत्काउनु मात्रै छ । कसैसँग पनि आर्थिक, औद्योगिक, वाणिज्य, कृषि, सामाजिक न्याय सम्बन्धी कुनै पनि नीति छैन । हामीसँग लिएर अलिकति बिगारेर बनाएर प्रस्तुत गरेको छ । नयाँ पार्टी विचारले नयाँ छैन ।’

एमालेलाई देश चलाउन सक्ने हिसाबले बलियो पार्टी बनाउन उनले आह्वान गरे । २०८१ सालमा पार्टीलाई अराजकताबाट मुक्त गरेर समृद्ध बनाउनुपर्ने पनि उनको भनाइ थियो ।

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...