Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

नेवा : पत्रकार राष्ट्रिय दबुले ६ जना महिला पत्रकारलाई सम्मान

 

काठमाडौं । साधना पत्रकारिता सम्मान ६ जना महिला पत्रकारलाई नेवाः पत्रकार राष्ट्रिय दबुले सोमबारसहित ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ ।

१ सय १४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीको पर्यटन बोर्डमा आयोजित एक समारोहकाबीच सो सम्मान प्रदान गरिएको हो।सम्मानित हुनेहरुमा नेपाल समाचारपत्र वरिष्ठ सहायक सम्पादक भगवती तिमल्सिना भक्तपुरका पहिलो महिला फोटोपत्रकार सुनी बनेपाली, नेपाल टेलिभिजनका पवनवर्षा शाह, गोरखापत्रका यलु जोशी, मेट्रोएफका रीता महर्जन र नयाँ पत्रिकाका शान्ति तामाङ रहनुभएको छ।

 

उहाँहरुलाई पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले फुलमाला, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का वरिष्ठ उपाध्यक्ष अमरध्वज लामाले खादा र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उपपप्रधानमन्त्री उपेन्द्र यादवले सम्मान पत्र प्रदान गर्नुभयो।

 

सो अवसरमा पत्रकार दबूबात महिला पत्रकारिताकाा बिषय समावेस भइको आज्जु नामक बुलेटिकको पनि बिमोचन भइको थियो सो अवसरमा उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयताको सार्थक अभ्यासले मात्र महिला हकअधिकारसहित समावेशी शासन व्यवस्था अनुभुत गराउने धारणा राख्नुभयो।

नेपाली जनताले आत्मसम्मान र सबैको पहिचानलाई सम्बोधन गर्न संघीयता खोजेको भएपनि अहिलेको पाँच विकास क्षेत्रको जस्तो संघीयताले देश र जनताको समस्या सही ढंगले सम्बोधन नहुने पनि उपप्रधानमन्त्री यादवको भनाई रहेको छ।महिला र अझ उत्पीडित वर्ग र समुदायको महिलालाई जुनसुकै क्षेत्रमा चुनौती भोग्नुपरिरहेको उल्लेख गर्दै उहाँले ती चुनौतीका बाबजुढ क्रियाशील विभिन्न समुदायका महिला पत्रकारहरुलाई सम्मान गर्न पाउँदा खुशीको अनुभूत भएको बताउनुभयो।

 

सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष अमरध्वज लामाले समावेशी पत्रकारिताले मात्र विविध क्षेत्रका जनताको आवाजलाई मुखरित गर्न सक्ने विचार व्यक्त गर्नुभयो।

नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार किरण शाक्यले नेपालको पहिलो महिला पत्रकार साधना प्रदान योगदान, संघर्षलाई स्मरण गर्दै पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष महिला पत्रकारलाई सम्मान गर्दै महिला पत्रकारको विकास लागि कार्य गरिरहेको बताउनुभयो।

 

सम्मानित हुनेहरुको तर्फबाट नेपाल टेलिभिजनका पवनवर्षा शाहले सम्मानले महिला पत्रकारहरुलाई उत्साहित तुल्याएको बताउनुभयो।पत्रकार राष्ट्रिय दबूका सल्लाहका विजयरत्न तुलाधर, निर्वतमान अध्यक्ष सुरजवीर बज्राचार्य, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्ष रचना श्रेष्ठ, सचिव राजु नापित, सहसचिव सुनीता महर्जन, केन्द्रीय सदस्य अनिता महर्जन लगायतले पत्रकारितामा लैगिक संवेदनशीलता र समावेशीको महत्वबारे केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो।

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:४३

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान...

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:३६

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:२३

  ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा...

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:१५

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध...

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन खोज्दैछौं  : अर्थमन्त्री पौडेल

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन...

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:०६

  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको...

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ :...

वि.सं.२०८१ मंसिर २६ बुधवार २२:५७

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र...