Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

कानुनका विद्यार्थीलाई डिएलए–नेपालको अभिमुखीकरण

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । कानुनी पेसामा प्रवेश गर्दै गरेका तथा गर्ने सोच बनाएका कानुनका विद्यार्थीहरूलाई कानुन व्यवसाय तथा यसका सम्भावना तथा चुनौतीका विषयमा जानकारी गराउने उद्देश्यका साथ डेमोक्रयाटिक लयर्स एसोसिएसन नेपाल (डिएलए–नेपाल)ले एक दिने पेसागत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

डिएलए–नेपालका केन्द्रीय सदस्य राजकुमार उप्रेतीले नवआगन्तुकहरूलाई पेसा सुरु गर्दै गर्दा पेसागत संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए ।

३१औँ नेपाल कानुन व्यवसायी परिषद्को परिक्षामा उत्तीर्ण भएका ८० भन्दा बढी परीक्षार्थीहरूलाई बधाई तथा शुभकामनासमेत दिइएको कार्यक्रममा उत्तीर्ण परीक्षार्थीमध्ये उत्कृष्ट १० परीक्षार्थीहरूलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वय हरिहर दाहाल र प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता तथा डिएलए–नेपालका पूर्वअध्यक्ष यदुनाथ खनाल तथा डिएलए–नेपालका वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले कानुनी पेसाका बारेमा जानकारी गराएका थिए ।
केन्द्रीय सदस्य उप्रेतीले कानुनी पेसामा आउन चाहनेहरूका लागि कुनै समस्या भएमा वा यस पेसामा प्रवेश पाउनै मुस्किल पर्नेहरूका लागि डिएलए मातहतका स्थापित कानुन व्यवसायीहरूको ल–फर्ममा ‘इन्टर्न’को समेत व्यवस्था गर्ने बताए ।

 

डिएलए नेपालले कानुन व्यवसायीको हकहित तथा संरक्षण र उनीहरूको पेसागत क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

 

 

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...