nic bank
himalayan everesat
Nmb bank

‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन ?’

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

सिंहदरबार विहीबार आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भनि प्रश्न गरे ।

उनले भने,‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको पुँजीगत खर्च समग्रमा कम रहनु हाम्रो लागि चिन्ताको विषय हो, ’उनले भने,‘पुँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा गम्भीर भएर सोचौँ । यो समस्याको समाधान यस आवको बाँकी अवधिमा गर्नैपर्छ ।’

पुँजीगत खर्च बढाउन विभिन्न उपायहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा उपलब्ध भएको बजेट पूर्णरूपमा खर्च हुनेगरी विकास निर्माणका कार्यको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिए ।

केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाहरूले तुलनात्मक रूपमा राम्रो गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गर्ने सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी खण्ड) र लुम्बिनी क्षेत्र विकास कोषलगायतलाई धन्यवाद व्यक्त गरे ।

उनले ती आयोजनाका साथै अन्य सबै आयोजनालाई बाँकी अवधिमा शतप्रतिशत नतिजा प्रदान गर्न निर्देशन दिए ।

सरकारले गर्ने खर्चमार्फत अर्थतन्त्रमा बहुआयामिक असर तथा अवसर सिर्जना उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, सहकारी क्षेत्र, समुदाय र विकास साझेदारको स्रोतसाधन परिचालन गर्न पनि तोकिएको खर्च समयमै गर्न आवश्यक रहेको बताए । उनले भने ‘सरकारका सम्पूर्ण अङ्गहरू प्रक्रियामुखीभन्दा परिणाममुखी सोंचका साथ अगाडि बढ्न आवश्यक छ ।’

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ : उदय चापागाइँ

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:१८

  –नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ । –नीजि क्षेत्रका...

देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग

देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:११

  शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार...

चिया दिवस विशेष : चियाको बोट नै नचिनेका विज्ञ देखेर छक्क परेका थिए उदय

चिया दिवस विशेष : चियाको बोट नै...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:०६

    चिया क्षेत्र ठहरिएको इलाम पुगेका थिए राष्ट्रिय  चिया...

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:०२

  हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले...

बजेट बनाउँदै राखेप- नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

बजेट बनाउँदै राखेप- नेताका नाममा हुने प्रतियोगितालाई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५०

  आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने...

अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील : मन्त्री शर्मा

अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील : मन्त्री...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:४०

  वचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि...