Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आज दिनभर : वेपत्ता जहाज, प्रधानमन्त्रीको उथलपुथल, प्रहरीको बहादुरी र एसईई

 

काठमाडौं । चैतको १५ गते, आज दिनभरी भएका गतिविधिहरुको शीर्ष पक्ष यहाँ प्रस्तुत गरिएको छ । औपचारिक रुपमा आयोजना गरिएका र आकस्मिक घटनाका खबर नै दिनभरी घडीको सुइसँगै चक्कर मारिरहेका हुन्छन् ।

आज बिहानै उडिरहेको जहाज गन्तव्यमा नपुगेको र सम्पर्कमा पनि नरहेको अपुष्ट समाचारले हल्लीखल्ली नै मच्चायो । पुष्टि गर्नेतिर मेहनत नगरी कतिपय सञ्चारमाध्यमले ‘जहाज बेपत्ता’ पार्न समेत संकोच मानेनन् ।

धनगढीबाट काठमाडौंका लागि उडेको ‘श्रीएयरको जहाज आकाशमै वेपत्ता’ भनेर सञ्चारमाध्यमहरुले चर्का शीर्षक बजारमा बेच्दैगर्दा जहाजका यात्रीहरु भने लुम्बिनीको गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर पानी पिउँदै थिए । मौसम अनुकूल नभएकाले केहीबेर जहाजले उपत्यकाको आकाशमा फन्को लाएर त्यता मोडिएको जानकारी दिइएको छ ।

यो समाचार प्रकाशमा आएपछि जजसलाई तनाव र मार परेको थियो ती सबै यतिबेला स्वजनसँग आफ्ना गुम्फन पोखेर शान्त भइसकेका छन् । अपुष्ट समाचारले कोकोहोलो मच्चायो तर सत्य अर्कै निस्कियो ।
यो आज बुधबारको चर्चित समाचार थियो ।

नेपाली क्रिकेट टोलीलाई भारतमा प्रतिष्पर्धा गर्न बिदाईका लागि पुगेका खेलकुद मन्त्रीले सरकारी लापरवाहीले गर्दा उचित समयमा पुरस्कार दिन नसकिएको निराशाजनक खबर सुनाए पनि खेलाडी भारततिर उडे ।

उनीहरु गन्तव्यमा पुगिसकेका छन् । प्रोत्साहन दिन गएका मन्त्रीको निराशावादी कुराले तन्दुरुस्त र बलिष्ठ खेलाडी हतोत्साहित हुने कुरै थिएन । नेताका आश्वासन र विस्मयकारी वचन सुन्दासुन्दा आदत परिसकेका खेलाडी नयाँ मन्त्रीको अभिव्यक्तिबाट हतोत्साहित हुने कुरै थिएन, भएनन् पनि ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहालले भने गठबन्धन मित्रहरुलाई झसंग पार्ने किसिमको अभिव्यक्ति दिएका छन् । ‘काम गर्न नसके मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन’ भनेर उनले आफूलाई कुनै किसिमको अवरोध नलगाओ है भनेर सत्ता सहयात्रीहरुलाई चेतावनी पनि दिएका छन् ।

थप स्पष्ट पार्दै प्रधानमन्त्रीले अझै अगाडि बढ्न सकिन्छ भन्ने विश्वासले नै आफू प्रधानमन्त्रीको कुर्सिमा बसिरहेको बताए । उनको यो भनाइले विश्लेषक, चिन्तक र विवेचकहरुलाई मन्थनको मसला पस्किदिएको छ । ‘उथलपुथलवादी’ कार्यशैलीका सूत्रधार प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धनप्रति पूर्ण भरोसा छैन भन्ने कुराको छनक पनि दिन थालेको बुझ्न सकिन्छ । विपक्षी दलका नेता शेरबहादुर देउवासँग सरकारी निवासमा भेटवार्ता गरिसकेर दिउँसो यस्तो अभिव्यक्ति दिनुमा प्रधानमन्त्री भविष्यका लागि कुनै संकेत दिन चाहिरहेका छन् भनेर बुझ्न कुनै आइतबार चाहिँदैन ।

आजैबाट सुरु भएको माध्यमिक तहको अन्तिम परीक्षा एसईईमा सरिक भएका ५ लाख ४ हजार ४१४ विद्यार्थी भने प्रधानमन्त्री दाहालले नेतृत्व गरिरहेको चञ्चल राजनीति र अवतरण गरिसकेको जहाज बेपत्ता बनाउने सञ्चारमाध्यसँग धेरै टाढा छन् । उनीहरुको एकमात्र एजेन्डा छ पहिला एसईईमा उच्च अंक ल्याउने अनि भविष्यमा उड्ने गन्तव्यका बारेमा परामर्श थाल्ने ।

प्रहरीको बहादुरी नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको दाबी गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट यति रकम जुटाएको भनेर प्रहरीले घोषणा गरेको छ ।

‘जहाज हराएको, एसईई सुरु भएको र प्रधानमन्त्रीले राजनीतिक तरंग उठाएकै’ दिन नेपाल प्रहरीले पत्रकार सम्मेलन गरेर बहादुरीसाथ एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको जानकारी दियो । भारतीय पर्यटक नेपाल घुम्न आउँदा नगद बोक्न तोकिएको सीमा बढाउन माग गरे संसदको परराष्ट्र समितिका सभापति राजकिशोर यादवले ।

व्यवहारत यो उचितै चासो भए पनि उनले बिर्सनै नहुने मानवीय विषयबारे त्यति महत्व दिएको देखिएन । इजरायल प्यालेस्टाइन युध्दमा बेपत्ता भएका विपिन जोशीको हालखबर र रुस पुगेका नेपाली युवाको जीवनमरणको खबरबारे समितिले अपेक्षित चासो र पहल गरेको पाइएन ।

 

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...