nic bank
himalayan everesat
Nmb bank

सूर्य नेपाल गल्फ : सदभावलाई उपाधि, भुवन सात स्ट्रोकले पराजित

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन् ।

 

अन्तिम दिन ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए । यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो । जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन् । यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।

 

अन्तिम १८ होलको सुरूवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि भुवनले ३–ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा ७–अन्डर २ सय ८१ सहित दोस्रो भए । प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए ।

 

एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । उनीहरूले समग्रमा ४–अन्डर २ सय ८४ मा खेल पुरा गरे । आज विजयले १–अन्डर ७१ र निरजले २–अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार रुपैयाँ प्राप्त गरे ।

 

समग्रमा इभन (पार २ सय ८८) मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले आज ३(ओभर ७५) मा खेल सके । तेस्रो भएका उनले ७२ हजार नगद हात पारे ।

 

यसैगरी समग्रमा ४ (ओभर २ सय ९२) सहित सञ्जय लामा र धनबहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे । सञ्जयले २–ओभर ७४ र धनले १–अन्डर ७१ को स्कोर निकाले । उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

रवि खड्काले आज २ (ओभर ७४ )को स्कोर सहित समग्रमा ५(ओभर २ सय ९३) सहित छैटौं स्थानमा प्रतियोगिता सकाए । छैटौं भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

 

यसैगरी समग्रमा ७ (ओभर २ सय ९४) सहित रामे मगर र भुवनकुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे । दुवैले आज २ (ओभर ७४) मा खेल सकाए । उनीहरूले जनही ३७ हजार २ सय ५० नगद हात पारे ।

 

धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११ (ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे । युवराजले आज ८ (ओभर ८०) र बलभद्रले ४(ओभर ७६) मा खेल सके ।

 

प्रो भुवन र सदभावबीच आज खेलको सुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता थियो । तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए । छैटौं होलको समाप्तिमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए । टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो ।

 

भुवनले दोस्रो सट पोखरीमा खस्यो । त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए । यसपछि आठौं र नवौं होलमा फेरि एक–एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४ (ओभर ४०) मा सके । सदभावले १ (अन्डर ३५) मा फ्रन्ट नाइन पुरा गरे । फ्रन्ट नाइन सकिँदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए ।

 

बोगीरहित खेलेका सदभावले १२औं र १७औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २ (अन्डर ३४) मा सकाए । यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई पछि पार्न सफल रहे ।

 

लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १ (अन्डर ३५) मा खेल पुरा गरे । १३औं, १४औं र १८औं होलमा बर्डी प्रहार गरे भने १५औं र १६औं होलमा एक–एक सट बचाए । यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे ।

 

एमेच्योर विजयले टुरमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । पहिलो र पाँचौं होलको बोगीविरूद्ध तेस्रो र सातौं होलमा एक–एक सट बचाए । यसपछि ११औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए । सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए ।

 

धरानका निरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । यसपछि १४औं र १५औं होलमा एक–एक सट बचाए भने १६औं र १८औं होलमा बोगीको सामना गर्दै ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ जनले नगद पुरस्कार प्राप्त गरे ।

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...