Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

भरतपुरमा मेयर्स कप अन्तर्राष्ट्रिय ब्याडमिन्टन सुरु हुँदै

Machhapuchchhre Bank Limited

काठमाडौं । भरतपुरमा प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता-२०८० सुरु हुने भएको छ । प्रतियोगिता भरतपुर–१० स्थित कभर्डहलमा बिहीबारदेखि सुरु हुने भएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना हुने प्रतियोगितामा चितवन जिल्ला खेलकुद विकास समिति र जिल्ला ब्याडमिन्टन संघ सहआयोजक छन् । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले जनाएका छन् ।

बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भइसकेको जानकारी दिइएको छ । नगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठले प्राविधिक रुपमा सबै तयारी पुरा भइसकेको बताए ।

प्रतियोगिता सञ्चालनका लागि करिब १८ लाख रुपैयाँ खर्च लाग्ने मूल समिति संयोजक यमबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार ५ इभेन्ट्स रहने प्रतियोगितामा भारतलगायत छिमेकी देशसहितका ३ सय ७२ खेलाडीको सहभागिता रहने छ । ओपन मेन्स डबल, ओपन्स वुमन डबल, ओपन मेन्स डबल (टस २१ ¥याङकिङ खेलाडीहरु), ओपन मेन्सड डबल ४५ प्लस, ओपेन मेन्स डबल ५५ प्लस र मेन्स डबल सी लेभलको प्रतिस्पर्धा रहने छ । पुरुष र महिला गरी दुई क्याटेगोरीमा खेल हुनेछन् । प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय नियमअनुसार गराउने तयारी छ ।

चितवन ब्याडमिन्टन संघका अध्यक्ष बुद्धि चौधरीका अनुसार सबै राष्ट्रिय खेलाडीहरुको समेत उपस्थिति रहेकाले प्रतियोगिता महत्वपूर्ण छ । पहिलो पटक भरतपुर मेयर्स कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउँदा गर्व लागेको उनले बताए ।

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...