Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ज्यू को “समसामयिक निबन्ध संग्रह ” पुस्तक विमोचन तथा उहाँ अध्यक्ष रहनुभएको सम्पदा अनुसन्धान सदनको स्थापना दिवस मनाइएको छ ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुख्य अतिथ्य ग्रहण गर्नुभएको थियो भने विविध क्षेत्रका प्राज्ञिक व्यक्तिहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरू को बाक्लो उपस्थिति रहेको थियो। गोष्ठी तथा कार्यक्रम बीच डा. मुक्ति सिंह लामा तथा डा.तारामणि राईले आफ्ना क्षेत्रगत विशेषज्ञतामा आधारित प्राज्ञिक प्रस्तुति गरेका थिए भने कार्यक्रमको होस्टिङ अन्जु केसीले गरेका थिए।

विविध क्षेत्रका प्राज्ञहरूले आफ्ना विचार समेत गोष्ठीमा राखेका थिए।आफ्नो ६ दशकभन्दा लामो समय नेपालको शिक्षा क्षेत्रमा अर्पण गर्नुभएका प्रा.डा. प्रेम खत्री ज्यू को विशेष अनुभव तथा नेपालका इतिहास संस्कृति आदि विविध विषयहरू निबन्ध संग्रहमा संकलित गरिएको छ ।

नेपालमा बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउनको लागि अनुसन्धानरत विद्यार्थीहरूलाई प्राज्ञिक सहायता तथा अनुसन्धानको गुणस्तर विकास गर्नका लागि सम्पदा अनुसन्धान सदनको शुभारम्भ भएको हो।

शोधार्थीहरूलाई पुस्तकालय तथा शोधकार्यका लागि आवश्यक सामग्रीहरू को व्यवस्था अनुसन्धान केन्द्रले गर्दै आएको छ भने विविध तालिम तथा अनुसन्धानमूलक कार्यक्रमहरू समेत गरिने घोषणा स्थापना दिवसमा गरिएको छ।

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...