nic bank
himalayan everesat
Nmb bank

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ रुकुम पश्चिम र श्रीनगर अटो भिलेज सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँग छलफल गरेको छ।

नेपाल ल्युब आयल लिमिटेडले रुकुम पश्चिम र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा छलफल सम्पन्न भएको हो।

नेपालका ग्रामीण र सहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझावलाई उनीहरुको सीप विकाश गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम रुकुम पश्चिम र सल्यान आयोजना भएको कम्पनीले जनाएको छ।

सोलाबाङका प्रहरी इन्चार्ज लालबहादुर रोका र सारधा नगरपालिका १२ का वाड प्रमुख सुरेन्द्र बुडासहितको सहभागितामा भएको सो कार्यक्रम बिक्रेता र मेकानिक्सहरुले उत्साजनक रुपमा सहभागिता जनाएका थिए। सो कार्यक्रममा रुकुम पश्चिम र सल्यानका २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो।

साथै नेपाल ल्युब आयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्ध पिउने पानीको लागी १५ लिटर क्षमताको आरो जडान गरिएको थियो।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका डिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए। उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए। त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न 

वि.सं.२०८१ वैशाख १० सोमवार २२:२७

नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको...

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो

वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१

                 साझेदार सिजी...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:१४

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...