Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।

श्रमिकहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरु गम्भिर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन रहेका छन् । त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरु स्वास्थ्य संकटमा परेका छन् । तसर्थ श्रमिकको शिघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित वेडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए ।

मन्त्रालयले बिषेश गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरुमा स्वास्थय मन्त्रालय अन्र्तगत रहेको अस्पतालमा, स्वास्थ विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरुमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो । अस्पतालको बेड क्षमताका आधारमा निश्चित संख्यामा बेडहरु छुट्याई दिन मन्त्रालयले आग्रह गरेको हो ।

त्यस्तै, मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालहरुमा श्रमिक हेल्प डेस्क समेत राख्न आग्रह गरिएको छ । श्रमिकहरुलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागी उपचार गर्न फर्किएका श्रमिकहरुलाई उपचार लगायतका विषयहरुमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको हो । अपस्तालमा उपयुक्त जनशक्ति सहितको एक स्वास्थ्य परामर्श इकाई स्थापना गर्न समेत आग्रह गरिएको छ ।

नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिव ७० लाख श्रमिकहरु कार्यरत छन् । यसका साथै वार्षिक सात लाख भन्दा बढी संख्यामा श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...