nic bank
himalayan everesat
Nmb bank

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ ।

प्राधिकरणको जारी सूचनामा उल्लेख छ ।
अनधिकृत तवरले स्थानीय तहहरुले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने चेतावनी सहित प्राधिकरणले सरोकारवाला निकायलाई बक्यौटा रकम तिर्न भनेको छ ।

 

‘देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्न÷बुझाउन बाँकी रहेको छ । सो बारे सार्वजनिक सूचना र पत्राचारमार्फत् जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ ।

बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गराउन आग्रह गरिन्छ ’ प्राधिकरणले भनेको छ ।

प्राधिकरणले रीतपूर्वक सडक बत्तीको ग्राहक नबनेका,महसुल नतिर्ने तथा प्राधिकरणको स्वीकृति बिना सडक बत्ती बाल्ने स्थानीय तहको जुनसुकै बेला बत्ती काट्न सक्ने चेतावनी दिएको छ ।

 

 

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...