nic bank
himalayan everesat
Nmb bank

चैत २३ देखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाल पर्यटन बोर्डले चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक शान्ति समितिसँगको सहकार्यमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गर्ने भएको छ ।

शुक्रबार बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनीमा आगामी चैत २३ र २४ मा लुम्बिनी अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइयो ।

आयोजकका अनुसार कार्यक्रममा शान्ति म्याराथन, शान्ति कन्सर्ट र अन्तर्राष्ट्रिय ध्यान दिवस गरिने छ । कार्यक्रमले नेपाल र चीनबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा राखिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा प्रमुख कार्यक्रमहरू मिलाएर यस्तो कार्यक्रम आयोजना गरिएको छ ।

लुम्बिनीलाई ‘विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य’ को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न कार्यक्रम केन्द्रित छ । कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।’

कार्यक्रममा विश्व प्रख्यात गायिका आनी छोयिङ डोल्मा, चिनजानका चिनियाँ गायक तथा संगीतकार तथा लुम्बिनीका परम्परागत संगीतकारहरुको प्रस्तुती रहनेछ ।

आयोजकका अनुसार अन्तर्राष्ट्रिय राष्ट्रिय म्याराथन धावक, चिनियाँ प्रतिनिधि, कूटनीतिज्ञ, कलाकार, गायक, प्रदेश तथा राष्ट्रिय सरकारका पदाधिकारी, पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने

तेस्रो लगानी सम्मेलन : एक सय ५१...

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४४

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१...

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३७

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो...