NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

शासकहरू कुर्सी जोगाउन गुलामीमा लिप्त : राजेन्द्र महतो

नेपालगन्ज । नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गरेका छन्। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको क्रममा अब यसरी देश नचल्ने बताए उनले भने, ‘अहिले ७० वर्षदेखि जसरी शासन ग¥यो त्यसरी अब चल्न सक्दैन त्यो परिस्थिति र अवस्थासँगै सत्ता बदल्नको लागि अभिनय अगाडि बढेको छ ।

देशव्यापी अभियानका क्रममा नेपालगञ्ज आएका महतोले पत्रकार सम्मेलनमा देश को आर्थिक स्थिति बारे चर्चा गर्दै युवा जनशक्ति हजारौंको संख्यामा विदेश पलायन भईरहेको बताए ।उनले भने, ‘विश्वको नेपाल गरिब देशको दर्जामा गइसकेको छ । कुनै पनि क्षेत्र सन्तोषजन अवस्थामा छैन ।

यो चिन्ताजनक विषय हो ।’ लोकतन्त्र देखि गणतन्त्र सम्म पाएरपनि जनतको अवस्थामा भने परिवर्तन ल्याउन नसकिएको उनले बताए ।उनका अनुसार विधान र व्यवस्थामा पटक पटक परिवर्तन भयो तर अवस्थामा परिवर्तन नहुनुको कारण विचार र व्यवहार रहेको उनले जिकिर गरे ।आफ्नो विचार प्रकट गर्दै उनले भने, ‘मलाई के लागेको छ भने यो देशको शासन जुन ज्ञान सत्ता त्रुटिपूणर् भयो जस्तो लाग्छ ।

यो सामाजवादी विचारधारामा शासन, उदारवादी विचारधारामा शासन, पुँजीजादी पश्चिमी सभ्यताबाट उत्पन्न भएका मार्क लेलिन लगायतका विचारधाराबाट गरिएका शासन नेपालमा पनि फलदायी भएन ।’ बहुदलीय व्यवस्था आएदेखि त्यहि विचारधारा लिएर शासन भईरहेको र समस्या हल गर्न नसेकेको बताए ।पटक पटक समिधान परिवर्तन भएर पनि समस्या जहाँको त्यहि रहेको उनले विचार प्रस्तुत गरे ।

विगत देखि देशमा आन्दोलन, लडाई, झगडा, संघर्ष मात्रै भईरहेको उनले जिकिर गरे । उनले भने, ‘नेपाल कसैको गुलाम भएन । तर यहाँको शासकको मानसिकता चरित्रचाही अफ्नै देशको जनतालाई गुलाम ठान्ने मानसिकता पनि समस्याको कारण हो ।’उनले सबैको पहिचान, अस्तित्वलाई राज्यसत्तामा सहभागी गराउनुपर्ने बताएका छन ।

उनले थप भने, ‘यो देश बहुल हो, बहुलतालाई स्विकार गरेर संविधान बनाउनुपर्छ र चलाउनुपर्छ । एकल चलाए भने यो देश अगाडि बढ्न सक्दैन । यो देश सबैको हो, सम्पूर्ण नेपालीको हो र सम्पूर्ण नेपालीको लागि नेपाल बनाउनुपर्यो ।’नेपालको शासन, संविधानको संरचना सबै पहिचानलाई आत्मसाथ गर्ने किसिमले निर्माण गर्नुपर्ने महतोले बताए ।

 

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी प्रदेशमा बर्षाको संभावना

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी...

वि.सं.२०८१ असोज २६ शनिवार ११:१५

काठमाडौं । आज अुसोज २६ गते शनिबार बडादशैंको दिन देशका...

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो ३:३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो...

वि.सं.२०८१ असोज २६ शनिवार ११:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा...

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान...

वि.सं.२०८१ असोज २६ शनिवार १०:०६

काठमाडौं । वि।स। २०८१ सालको वडादशैं अर्थात विजया दशमीको टीका...

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...