Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले ललितपुरमा पत्रकार सम्मेलन गर्दै मिस नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गरेको छ ।

मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले २०८१ साल जेठ १ गतेसम्म आवेदन दिन सक्ने छन् । त्यसका लागि ५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली नागरिक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । भाग लिनका लागि शुल्क नलाग्ने हिडन ट्रेजरले जानकारी गराएको छ ।

यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई फराकिलो बनाउन काठमाडौं, पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा अडिसन आयोजना हुने भएको छ । अन्तिम अडिसन २०८१ बैशाख ६ गते (२०२४ मे १८ तारिख) मा हुने जनाइएको छ । इच्छुकले मिस नेपालको वेबसाइट धधध।mष्ककलभउब।िअयm।लउ र एपमार्फत आवेदन दिन सक्नेछन् ।

यस वर्षको संस्करणमा पनि डाबर वाटिका मुख्य प्रायोजक छ । ग्राण्ड फिनाले २०८१ साल साउन १९ गते (२०२४ अगष्ट ३ तारिख) ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ । जसको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीबाट हुनेछ ।

कार्यक्रममा द हिडन ट्रेजर प्रा.लि. का अध्यक्ष अजय रत्न स्थापित, पूर्व अध्यक्ष सुवर्ण बहादुर क्षेत्री, निर्देशक प्रमोद रत्न कंसाकार, डाबर नेपाल प्रा.लि. का मार्केटिङ प्रमुख अभय पीडी. गोर्खाली, नेपाल ओभरसिज मार्केटिङका वरिष्ठ ब्रान्ड प्रबन्धक अजविन्द श्रेष्ठ, वात्सल्य नेचुरल क्ष्ख्ँ का प्रबन्ध निर्देशक श्री प्रशान्त सुवेदीले मिस नेपाल कार्यक्रम सम्बन्धि आ–आफनो धारणा व्यक्त गरेक थिए ।


मिस नेपाल विजेताहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेर फर्किएका छन् जुन नेपालका लागि गौरवणीय पक्षहरु हुन् ।
कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ का प्रियंकारानी जोशी भारतको बम्वईमा मार्च ९, २०२४ मा सम्पन्न मिस वल्र्डमा सहभागी भएकी थिइन । उक्त सहभागीता र उपस्थितिले राष्ट्रलाई गौरवमय बनाएका छन् । मिस वल्र्ड प्रतियोगितामा ११० देशका सहभागितामध्ये प्रियंकारानी जोशी उत्कृष्ट ४० स्थान हासिल गर्दै एशिया र ओशिनिया क्षेत्रबाट प्रतिष्ठित ब्यूटि विथ पर्पस प्रोजेक्ट जितिन् ।

मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह टोकियोमा २६ अक्टोबर २०२३ र मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले भियतनाममा २० डिसेम्बर २०२३ मा माग लिएका थिए ।


मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह, नेपाल अर्थ २०२३ रेना मजगैयाँले गत वर्षको अनुभव बाँडेका थिए ।

कार्यक्रममा द हिडन ट्रेजरका पूर्व अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, निर्देशक रुपेश प्रधान, सरद कुमार श्रेष्ठ, सुरेश बहादुर मल्ल, गिरिन्द« मान राजवंशी तथा कोरियोग्राफर रचना गुरुङ्ग लगायतको उपस्थिति थियो ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...