nic bank
himalayan everesat
Nmb bank

एमालेले हार्न मिल्दैन : ओली

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेले आफूविरुद्धको खतरनाक गठबन्धनका कारण पराजयको सामना गर्नुपरेको उल्लेख गर्दै आसन्न उपनिर्वाचनमा सुखद परिणाम ल्याउने दाबी गरेका छन् ।

शनिबार एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयेजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उनले गत निर्वाचनमा सबै दल एकातिर र केही नेताले पार्टी फुटाएकै कारण केही ठाउँमा कमजोर नतिजा आएको उल्लेख गरे । यसपटकको उपनिर्वाचनमा हार्न नमिल्ने पनि उनले बताए ।

उनले भने, ‘गत निर्वाचनमा सबै पार्टी एकातिर र नेकपा एमाले एकातिर, त्यस्तो अवस्थाको सामना गर्नुपर्दा पराजयको पीडा व्यहोर्नुपरेको थियो । तर यसपटक हामी सुखद परिणाम गर्न चाहन्छौं । यसपल्ट हामी हार्दैनौ, हार्न मिल्दैन । गत वर्षको निर्वाचनमा नेकपा एमालेकै हस्ती भनिएका नेताहरु पार्टी फुटाएर गएका थिए । एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए ।’

पार्टीविरुद्धको चर्को गठबन्धनका बाबजुद एमाले लोकप्रिय पार्टी हुँदै आफ्नो साख कायम राखेको अध्यक्ष ओलीको भनाइ छ ।

गत वर्षको निर्वाचनमा गठबन्धन गरेकै कारण गणितीय हिसाबले अन्य दलहरु केही सिट अगाडि गए पनि खराब नेताहरु पार्टीबाट निस्किनु नै उपलब्धी भएको ओलीले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिइ उनले सांकेतिक रुपमा आलोचना गरे । ‘हाम्रो पार्टीमा केही कमजोरी रहनु बेग्लै कुरा होला, केही मान्छेहरु सडेर गलेर जानु बेग्लै कुरा होला । एउटा राम्रो काम के भएको थियो भने कुहिएका आलुहरु बोराबाट निकालेर बाहिर फालिएका थिए,’ उनले भने ।

बझाङमा उपनिर्वाचन भएको ठाउँमा डोरी अल्झ्याएर जितेको उल्लेख गर्दै सक्रियता र ऊर्जा लिएर अगाडि बढेमा एमाले जित निश्चित रहेको ओलीले दाबी गरे ।

 

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...