Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बीवाईडी एशिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

 

साइमेक्स इंक, नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक, चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको गर्वपूर्वक घोषणा गर्न पाउदा उत्साहित भएका छौ ।

साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुृरस्कार हात पार्न सफल भएको छ । अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनिय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको छ ।


अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनिय उपलब्धि वाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ । नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको छ ।

सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् । यसले बीवाईडी धेरै स्थानमा विस्तार हुन र नेपालभर रहेका ग्राहकको पहुँचमा रहन चाहेको प्रमाणित गर्दछ ।

साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन् । यसले कम्पनीको दिगो मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्दछ । त्यसैगरी यसले सवारी साधनप्रति ग्राहकको अनुभवमा सुधार गर्न र नेपालमा बीवाईडी ईभीको प्रयोग अझै बढाउन साइमेक्सको समर्पणलाई देखाउछ ।

‘हामी बीवाईडीबाट सम्मानित भएका छौ र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौ ।’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भन्नुभयो, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरुको अटुट समर्थनको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवद्र्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरुमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौ ।’

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु...

वि.सं.२०८२ असार ९ सोमवार २०:५४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...