Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

दोस्रो जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तरक्रिया सम्पन्न

 

जापान । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।

 

एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान(नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको हो ।

कार्यक्रममा टोकियो स्थित नेपाली दूतावास, फुकुओका अवैतानिक वाणिज्य दूतावास, मोरिकोसान कम्पनी, ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनी लगायतको सहभागिता थियो ।

अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनीहरू सहभागी भएका थिए ।

कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावा र माकोतो साकिमुरा, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरोका प्रोजेक्ट म्यानेजर हागीहारा दाइसाकुले सम्बोधन गरेका थिए भने नेपालको तर्फबाट जापानका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुबेदी, आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सम्बोधन गरेका थिए।

दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा जापान(नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिका बारेमा छलफल भएको थियो । त्यसै गरी पछिल्लो समय आक्रामक रूपमा बढिरहेको नेपालीहरूको जनसंख्यासँगै आउने सम्भावित समस्या र त्यसको निराकरणको लागि चाल्नु पर्ने कदम लगायतको विषयमा वक्ताहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए।

दोस्रो सत्रमा नेपालबाट अनलाइन मार्फत सहभागी कम्पनीहरूलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्र्याउन चाहने कम्पनीहरू सँगै व्यावसायिक रूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो ।

पर्यटन, होटल, रेस्टुरेन्ट उद्योग, दक्ष जनशक्ति, सूचना प्रविधि, उत्पादन उद्योग, घरजग्गा व्यवसाय तथा मानव संसाधन जस्ता विभिन्न ग्रुपमा विभाजन गरी परिचयात्मक अन्तर्क्रिया कार्यक्रम अनि नेपालबाट जापानमा विद्यार्थी लगायत विविध क्षेत्रका कामदारहरू पठाउन चाहने र नेपालको विभिन्न क्षेत्रमा व्यवसाय प्रवर्द्धन तथा अभिवृद्धि गर्न चाहने जापनिज कम्पनीहरूलाई व्यावसायिक छलफल र व्यापारिक साझेदारीको सम्भावना लगायतको विषयमा अन्तर्क्रिया गराइएको थियो।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुबेदीले जापान(नेपालको लामो दौत्य सम्बन्धको चर्चा गर्दै यो कार्यक्रम मार्फत नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्द्धनमा र जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीको लागि सक्दो सहयोग गर्न सदैव तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा आईएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर सूचना प्रविधि लगायतका क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गर्नु पर्ने बताउनु भयो ।

यसै गरी नेपालमा ठुला परियोजनाहरूमा वैदेशिक लगानीको माग रहेकोले नेपालमा लगानी गर्न पनि प्रबन्ध निर्देशक ढकालले जापानी कम्पनीहरूलाई आग्रह गर्नु भयो । यही अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४मा सहभागिताका लागि ढकालले जापानी लगानीकर्ताहरुलाई आग्रह गर्नु भयो ।

एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावाले नेपाल र जापानको लगानी सम्बन्धलाई मजबुत बनाउन छलफल कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रमलाई सन्देश मार्फत क्योउदाइ रेमिट्यान्सका अध्यक्ष तथा नेपाली दूतावास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले नेपाल सँगको लामो व्यावसायिक सहकार्य बढाउन तत्पर रहेको बताउनु भयो ।

एरु एकेडेमिक प्रमुख म्यानेजर निशिमुरा कोउजिले प्रत्यक्ष र अनलाइन मार्फत जोडिएका जापानी कम्पनीहरूलाई नेपालबाट सहभागी भएका कुनै कम्पनी या निकायहरू सँगै जोडिएर काम गर्न सहजीकरण र सहयोग गरिने जानकारी गराएका थिए ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...