Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

प्रभु बैंक रि गण्डकी ट्याक्सी ब्यबसायविच नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता

 

काठमाडौं । गण्डकी ट्याक्सी ब्यबसायसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नोो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायविच आज एक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यबसाय केन्द्र अधिकृत श्री शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत श्री राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसायका तर्फबाट अध्यक्ष श्री गान्धिराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उक्त कार्यक्रममा फोन पे को तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धार उपलब्ध गराईएको क्यु आर मार्फत् विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । गण्डकी ट्याक्सी ब्यबसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराईएको छ ।

निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको छ । कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो । पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर...

वि.सं.२०८१ मंसिर २९ शनिवार १०:४५

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक...

जीएसई ईभी नेपालमा सार्वजनिक

जीएसई ईभी नेपालमा सार्वजनिक

वि.सं.२०८१ मंसिर २९ शनिवार १०:३९

काठमाडौं । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:२३

  ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा...

चिनी पैठारी अविलम्व रोक लगाउन माग

चिनी पैठारी अविलम्व रोक लगाउन माग

वि.सं.२०८१ मंसिर २५ मंगलवार २१:२६

काठमाडौं । नेपाल चिनी उद्योग संघले खुल्ला सिमानाका कारण अनाधिकृत...

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सीईओ नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सीईओ...

वि.सं.२०८१ मंसिर २५ मंगलवार १०:४९

  काठमाडौं । विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी...

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवद्धनमा टेवा पुर्याउदै इसेवा

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय...

वि.सं.२०८१ मंसिर २४ सोमवार २२:४३

    काठमाडौं ।  नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी...