CG Electronics
IME Life
NIMB

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर सम्मेलन गर्दै

NIMB
Himalayan Bank

 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन गर्दै आइरहेको छ । यस वर्षको शिखर सम्मेलन पनि परिषद्‌ले यहि मिति २०८० साल चैत २८, २९ र ३० गते तद्नुसार अप्रिल १०, ११ र १२, २०२४ मा १० औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन गर्न लागेको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ ।

यस वर्षको सम्मेलनको नारा “दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन” (Advancing Health and Population Research and Innovations: Achieving SDGs) रहेको छ । बौद्धस्थित होटल ह्यात रिसिडेन्सीमा हुने सम्मेलनको तयारी लगभग पुरा भएको छ ।

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्वारा सम्बोधन गर्ने उद्देश्यले विस २०७१ (सन् २०१५) देखि हरेकवर्ष परिषद्‌ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ । सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवर्द्धधन गर्ने तथा योजना र विकासमा टेवा पुऱ्याउने लक्ष्य राखेको छ ।

 

स्वास्थ्य सम्बन्धी नीति र अभ्यासलाई मुर्तरुप दिन अनुसन्धानलाई प्रभावकारी रूपमा नीति र योजनामा पुऱ्याउन यस्ता सभा सम्मेलनको आवश्यकता परिषद्ले महसुस गरेको छ । सम्मेलनले स्वास्थ्य र जनसंख्या अनुसन्धान प्रवर्द्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरू छलफल गर्न अनुसन्धानकर्ताहरू, स्वास्थ्य तथा जनसंख्याका साझेदारहरू, शिक्षाविद्हरू, चिकित्सकहरू र नीति निर्माताहरूलाई एकै मञ्चमा ल्याउने छ ।

 

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट मिति २०८० साल चैत २८ गते विहान ९ बजे समुदघाटन हुने समारोहमा देश तथा विदेशबाट गरि एक हजार जनाभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता रहनेछ ।

 

साथै सम्मेलनमा भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, सयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताको पनि सहभागि हुने छ ।

 

तीन दिनसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।

सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेखहरु प्राप्त भएका थिए । तिमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतीका लागि छनौट गरिएको हो।

 

सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न विषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने छ ।

 

यस्तै सम्मेलनमा विभिन्न १० वटा विधामा अवार्डहरू प्रदान गरिने छ । सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्ये बाट एक-एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ ।

 

यसै गरी परिषद्‌को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई Journal of Nepal Health Research Council (JNHRC) Award -२०२३ प्रदान गरिनेछ ।

 

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०२४, मृगेन्द्र सम्झना मेडिकल दृष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार-२०२४ (चिकित्सक), मृगेन्द्र सम्झना मेडिकल दृष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार-२०२४ (परिषद् कर्मचारी) र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको एक जना वैज्ञानिक स्वास्थ्य अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

 

यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार-२०२४, मृगेन्द्र सम्झना मेडिकल दृष्ट ओरेशन अवार्ड-२०२४ समेत प्रदान गरिने छ । साथै परिष‌द्मा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई NHRC Best Employee Award पनि प्रदान गरिनेछ ।

 

परिषद्ले यस सम्मेलनद्वारा स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य क्षेत्रको नीति, योजना तथा कार्यक्रमलाई तथ्यपरक बनाउनका लागि पैरवी गर्ने विश्वास लिएको छ । यस्ता सम्मेलनहरु नियमित रुपमा सञ्चालन गर्न सके युवा अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई अनुसन्धान गर्न प्रेरित गर्ने तथा अनुसन्धानबाट प्राप्त नतिजा र निष्कर्षहरुको प्रचार प्रसार हुने अपेक्षा परिषद्ले राखेको छ ।

 

साथै यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सरकारी निकाय, विभिन्न कमिटिहरु,अनुसन्धानकर्ताहरु, नीति तथा योजनाकारहरु, पत्रकार साथीहरु, सहभागीहरु र परिषद्‌का कर्मचारीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...