CG Electronics
Ncell NPL
TATA Banner

केन्द्रीय राजनीति सहित आफ्नो जिल्लाको काममा ब्यस्त छन पुर्व उधोग मन्त्री रिजाल

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

सामान्यतया चुनाव जितिसकेपछि जनप्रतिनिधिहरु आफ्नो निर्वाचन क्षेत्र फर्किदैनन् भनेर आम नेताहरुलाई आरोप लाग्ने गरेको छ ।

त्यसमाथि पनि मन्त्री भइसकेका नेताहरुले त आफ्नो निर्वाचन क्षेत्रमा काम नगरेपछि कति समयसम्म निर्वाचन क्षेत्रमा जानै सक्दैनन् । केही मात्र त्यस्ता सीमित नेताहरु छन, जसले केन्द्रीय राजनीति सहित आफ्नो निर्वाचन क्षेत्र र जिल्लाको कामलाई संगसँगै अगाडी बढाइरहेका छन । त्यस्तै एक नेता हुन पूर्व उद्योग मन्त्री रमेश रिजाल ।

फागुन २१ मा नयाँ सरकार बनेपछिको अधिकांश समय केन्द्रीय राजनीति र संसदमा आफ्नो अनुपस्थितिको असर नपर्ने गरी आफ्नै निर्वाचन क्षेत्रमा खटिइरहनु भएको छ, पूर्व उद्योग मन्त्री रिजाल ।

अहिले रिजाल संसदमा काम भएको बेला बाहेक जिल्ला र निर्वाचन क्षेत्रमा नै पुग्नु हुन्छ र त्यहाँका विकास निर्माणका काममा प्रत्यक्ष जोडिइरहनु भएको छ । पर्सा क्षेत्र नम्बर—४ बाट चुनाव जित्नु भएको रिजाल अहिले आफ्नै निर्वाचन क्षेत्रमा हुनुहुन्छ ।

केही दिनअघि मात्रै रिजालले पर्साको ठोरी गाँउपालिका—४ विजयवस्तीमा २५ लाख रुपैयाँको लागतामा निर्माण हुन लागेको ढलान सडकको शिलान्यास गर्नुभयो । यस्तै ठोरी गाँउपालिकाकै वडा नम्बर २ स्थित राइधारामा रहेको गणेशमान सिंह पार्क परिसरमा २५ लाख रुपैयाँकै लागतमा निर्माण गर्न लागिएको पर्खालको पनि शिलान्यास गर्नुभयो ।

पूर्वमन्त्री रिजालकै क्षेत्र पर्साको जगरनाथपुर गाँउपालिका—५ धरमपुर टोलामा अहिले सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु भएको छ । यस्तै धरमपुर टोलमै नाला निर्माण कार्यपनि सुरु गरिएको छ ।

रिजालले स्वास्थ्य चौकी भवन र नाला निर्माण कार्यको एक साथ शिलान्यास गर्नु भएको हो । धरमपुरमा ४५ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवनको निर्माण गर्न थालिएको छ । मधेस प्रदेश सरकारको २५ लाख र जगरनाथपुर गाँउपालिकाको २० लाख गरी कूल ४५ लाख रुपैयाको लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको हो ।

रिजालकै अग्रसरतामा प्रदेश सरकारले दिएको ५० लाख र गाँउपालिकाको ९ लाख गरी कूल ५९ लाख रुपैयाँको लागतमा ३ सय १५ मिटर लम्बाईको पक्की नालाको पनि निर्माण गर्न लागिएको छ । स्वास्थ्य चौकी भवन र नाला दुवैको निर्माण कार्य उपभोक्ता समिति मार्फत गर्न लागिएको हो ।

त्यसो त रिजालको सक्रियतामा नै विगतमा विभिन्न समाज सुधारका कार्यहरु भएका छन् । अहिले पनि रिजालकै पहलमा पर्साको जगरनाथपुर गाँउपालिका- २ मा ज्येष्ठ नागरिकका लागि सामुदायिक भवन निर्माण गर्न थालिएको छ ।

मधेस प्रदेश सरकारले दिएको २५ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न थालिएको हो । घरपरिवारबाट अपहेलित बृद्धबृद्धाहरुको लागि दुई वटा कोठा र शौचालय सहितको सामुदायिक भवन निर्माण गर्न लागिएको पूर्व मन्त्री रिजालले बताउनु भयो ।

यस्तै पूर्वमन्त्री रिजालले सोही पालिकाको वडा नम्बर २ मै ग्राभेल सडकको पनि शिलान्यास गर्नुभएको छ । गण्डक नहरदेखि मठसम्म करिब पाँच सय मिटर ग्राभेल सडक २० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो ।

पूर्व उद्योग मन्त्री एवं प्रतिनिधि सभा सदस्य रिजालको जस्तै अन्य जनप्रतिनिधिले पनि आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता देखाउने हो भने स्थानीय तहका समस्या सहजै रुपमा समाधान हुन्छन् । जुन सर्वसाधारणका लागि धेरै ठुलो राहतको विषय हुन्छ ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१५

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर...

वि.सं.२०८२ मंसिर २१ आइतवार २१:५९

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:५२

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त...

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले नाम

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:१८

  काठमाडौँ । नेपाली समाजमा श्रीमान् श्रीमतीलाई एउटै रथका दुई...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...