Nabil Bank
prabhubank
nic bank

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छ : अर्थमन्त्री

मिडिया स्पेस सोलुसन्स प्रालि

 

अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको राजधानीमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग बाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरे ।

मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अकारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको उनको भनाइ थियो । मन्त्री पुनले गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई आग्रह गरे ।

लोकतान्त्रिक मुलुकमा कोही पनि कानूनमाथि नहुने स्पष्ट गर्दै कुनै पेशा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा सामग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको उल्लेख गरे ।

राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा जोड दिएका मन्त्री पुनले निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु नहुने बताए ।

आगामी दिनमा विवेक प्रयोग गरेर मात्र अनुसन्धान हुने र व्यक्तिका सामाजिक मर्यादाको सम्मान हुनेमा सरकारका तर्फबाट आफूले प्रतिबद्धता जनाउन सक्ने मन्त्री पुनको भनाइ थियो ।

कानूनभित्र बसेर व्यवसाय प्रवद्र्धन गर्ने काम सरकारको भएको भन्दै उनले राज्यलाई ट्याक्स तिरेर नाफा कमाउन पाउने व्यवसायीको हक सुरक्षित रहेको मन्त्री पुनको स्पष्टोक्ति थियो ।

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको समयमा उपयुक्त : विज्ञ सुवेदी

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०९:४३

  काठमाडौं । सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी...

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण : बौद्ध तीर्थयात्री

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण :...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३६

बुद्धिमान लामा, पाकिस्तान एक जीवन्त पर्यटन क्षेत्र सिर्जना गर्न अथक...

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१३

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई...

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१०

  काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले...

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२८

  काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास...

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:५७

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...