Nabil Bank
prabhubank
nic bank

वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त

मिडिया स्पेस सोलुसन्स प्रालि

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त(अवकाश) भएका छन् । उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम(का.मु.) को जिम्मेवारी तोकिएको छ ।

बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गर्नुभएको योगदानको बारेमा चर्चा गर्दै उहाँप्रति आभार व्यक्त गरिएको थियो । श्रेष्ठले ८ वर्षको अवधिमा आफुले पाएको साथ र सहयोग प्रति सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र ब्याजमा छुट

एनआईसी एशिया बैंकका कर्जा ग्राहकलाई जरिवाना र...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३१

  काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकका लागि जरिवाना...

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट...

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

    काठमाडाैं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो,...

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१५

  काठमाडाैं। स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ चाँडै...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:०२

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली...

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:१०

  काठमाडौं । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र...

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र...

वि.सं.२०८१ जेठ १५ मंगलवार ००:०७

    काठमाडौँ । आइसीएशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय...