Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

विद्युतीय चुरोट सेवनले स्वास्थ्य संकट उत्पन्न हुने चिन्ता : महेश बर्तौला

Machhapuchchhre Bank Limited

 

सांसदहरुले विद्युतीय चुरोट (ई–सिग्रेट वा भेप)का कारण मानवीय स्वास्थ्य संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित आयोजना गरेको संवाद तथा छलफल कार्यक्रम विभिन्न दलका सांसदहरुले धुम्रपान सेवन गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उल्लेख गर्दै स्वास्थ्य संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका सांसद महेश बर्तौलाले धुम्रपान तथा सुर्तीजन्य पदार्थलाई आम्दानीको बाटो बनाउन नहुने बताए ।

विद्युतीय चुरोटको सेवन तथा ओसार प्रसार नियन्त्रण गर्न सरकारले यसलाई बहसको विषय बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन तथा ओसार प्रसारको विषय अब सामाजिक विषय बनाउनुपर्दछ ।

राजनीतिक पार्टीहरुको विषय बनाउनुपर्छ, संसद र छलफलको विषय बनाउनुपर्छ । सिंगो देशको साझा संकल्प भएन भने यो विषय प्रभावकारी ढंगबाट कार्यन्वयनमा जादैन ।’
सुर्तीजन्य पदार्थ सेवनको विषयमा प्रयाप्त कानून हुँदाहुँदै पनि कानूनी साक्षरताको कमिका कारण कार्यान्वयन हुन नसकेको बर्तौलाको भनाइ छ ।’

यस्तै, सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले धुम्रपान तथा विद्युतीय चुरोटको लतमा युवाहरु बढि परेको बताए ।

सहजकर्ताले तपाईको पार्टीमा पनि थुप्रै युवा नेताहरु हुनुहुन्छ कतिको धुम्रपान सेवन गर्नुहुन्छ नि ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘युवाहरुको पार्टी भएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीमा धुम्रपान सेवन गर्नेको संख्या बढी होला कि भन्ने आशंका हुनसक्छ ।

त्यो स्वाभाविक हो । तर, त्यति धेरै छैनन । किनकी हामी सबै फरक पृष्ठभूमीबाट आएका छौं । त्यो संख्या कम छ । तर, केही साथीहरु हुनुहुन्छ । तर त्यसलाई अनुशासित तरिकाले अगाडी बढ्ने प्रयास गरेका छौं ।’

धुम्रपान सेवन गरेकै कारण नेपालमा दैनिक औसतमा एक सय दुई जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको उनले बताए ।

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...