BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न

 

काठमाडौँ । पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह ‘नेपाल आर्मी स्पोर्ट्स कम्प्लेक्स’को प्राङ्गणमा सम्पन्न भएको छ । बुधवारsJ उक्त समारोहमा विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका कूल ४८५ विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो । दीक्षित हुनेमा एमबीबीएस, एमएस, एडी, एमपीएच, बीएससी, बीएनएस जस्ता विषय उत्तीर्ण गरेका विद्यार्थीहरू थिए ।

कार्यक्रममा बोल्दै सम्माननीय प्रधानमन्त्री तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवामा नवीनतम विकास, विशेष गरी चिकित्सा मानविकी जस्ता विषयहरूको समावेशितालाई प्राथमिकतामा राखेर स्वास्थ्य विकासको पहलको अवधारणालाई अघि सारेकोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

त्यसैगरी दीक्षान्त समारोहका प्रमुख अतिथि तथा वक्ता, नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले प्रतिष्ठानले सामुदायिक सहकार्य तथा स्वास्थ्य मानविकी शिक्षा मार्फत अब्बल स्वास्थ्यकर्मीहरू उत्पादन गर्न गरेको पहल प्रशंसनीय रहेको बताए ।

उनले भने, ‘यस प्रतिष्ठानले गरेका महान् कार्यबाट विश्वले सिक्न सक्छ र सिक्नुपर्छ । कृतज्ञताको भावना महसुस गर्नु अत्यन्त महत्त्वपूर्ण छ र त्यसैले म सबै विद्यार्थीहरूलाई आफ्नो देशको, आमाबाबु र परिवारहरूको सेवा गर्न आग्रह गर्दछु । हामी सबैले यस संसारलाई अझ राम्रो र अझ न्यायपूर्ण ठाउँ बनाउनको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्न सकेको काम गर्नपर्छ ।’

सत्यार्थीलाई बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्नको लागि उनले देखाएका अटल प्रतिबद्धताको लागि सन २०१४मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनले “बचपन बचाओ आन्दोलन” मार्फत १,१५,००० भन्दा बढी बालबालिकालाई बालश्रम, दासत्व, बेचबिखन र अन्य प्रकारका शोषणबाट मुक्त गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

त्यसैगरी उपकुलपति डा. राजेश नाथ गोन्गलले पाटन अस्पतालको उल्लेखनीय प्रगति गरेको र यस महत्त्वपूर्ण उपलब्धिको लागि सम्पूर्ण दीक्षित विद्यार्थीहरूलाई बधाई दिए ।

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:५२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता...

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:४५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा...

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३५

  काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई...

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था गरौं : अर्थमन्त्री पौडेल

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको...

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:५५

  काठमाडौं । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको...

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा...

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२९

  काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१...