Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील : मन्त्री शर्मा

 

वचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधनसहित फास्ट ट्रयाकमा जाने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाट समस्या समाधान नहुने भन्दै नयाँ कानुनी व्यवस्थाबाट समाधान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बताइन ।

‘सहकारीको क्षेत्रमा रहेको समस्याबारे मन्त्रीपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ । तत्काल कानुनमा व्यवस्था गरी बचतकर्ताले बेहोर्न परेको समस्याको समाधानको प्रक्रिया सुरु गर्ने भन्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘सामान्य नियमित प्रक्रियाबाट यो समस्या समाधान हुँदैन भनेर एकमत बनेको छ । विद्यमान कानुनबाट र संरचनाबाट पनि यो सम्भव छैन । त्यसलै फास्ट ट्रयाकबाट समाधान गर्नुपर्छ भनेर गम्भीर छलफल भएको छ ।’

संघीय राजधानी काठमाडौंसहित विभिन्न जिल्लामा सहकारीका बचतकर्ता आन्दोलित छन् । आफ्नो निक्षेप सहकारी संस्था सञ्चालक र कर्मचारीहरुले अपचलन गरेपछि विचल्ली परेका बचतकर्तामध्ये कतिपय मुद्दाको प्रक्रियामा गएका छन् भने कतिपय सरकारको मुख ताकेर बसेका छन् । यस्तोमा सरकारले छिटै समाधान गर्ने आश्वासन दिँदै आए पनि ठोस काम भने गरेको छैन ।

प्रवक्ता शर्माले अब भने सरकार समस्या समाधानमा गम्भीर रहेको बताइन । तर, कुन कानुन संशोधन हुने, प्रक्रिया कसरी र कहिलेदेखि अघि बढ्छ भन्ने उनले खुलाइनन् ।

यस्तै बिहीबारको मन्त्रिपरिषद् बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई उक्त अदालतको कामकाज समेत गर्नेगरि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुरावेदन समितिको अध्यक्ष तोक्ने पनि निर्णय गरेको छ ।

देशका विभिन्न भागमा आगलागीका घटनामा धनजनको व्यापक क्षति भइरहेको छ । आगलागीको नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने पनि निर्णय बैठकले गरेको प्रवक्ता शर्माले बताइन ।

 

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...